‘समुदायको विकासमा केन्द्रीत छौँ’

चुलाचुली, चैत्र १६/ग्रामीण पुनःनिर्माण संस्था, नेपालका अध्यक्ष डा. अर्जुन कार्कीले दुर्गम समुदायका नागरिकहरुलाई हक अधिकार बारे सचेतना दिलाउन ‘हलकारा’ को भूमिका आफ्नो संस्थाले निर्वाह गर्दै सामाजिक विकासमा सहायता दिदै आएको बताए ।
अतिविकसित राष्ट्रहरुको अन्तर्राष्ट्रिय महासंघका संयोजक समेत रहेका डा. कार्कीले बुधबार इलामको चुलाचुलीमा उक्त गैर सरकारी संस्थाद्वारा सञ्चालित विभिन्न कार्यक्रम बारे वडा नं. ६ र ७ का सर्वसाधारणहरुसित अन्तक्र्रिया गर्दै सो करा बताएका हुन् । उल्लेखनीय सर्वसाधारणको उपस्थिति रहेको उक्त अन्तक्र्रियामा डा. कार्कीले उक्त संस्थाले सहायता गरेका योजनाहरुको लागत खर्च, संस्थागत सहायता रकम समुदायको लगानी तथा उपलब्धि जस्ता बिषयमा चासो राखेका थिए । सर्वसाधारणले उक्त संस्थाद्वारा सञ्चालित कार्यक्रमहरुको निरन्तरताको माग गर्दै चाँजु खोलामा पक्की कल्भर्ट निर्माणमा सहायता समेत गर्न माग गरे ।
अन्तक्र्रियामा संस्थाका पूर्वाञ्चल क्षेत्रीय संयोजक उषा कोइराला, कार्यक्रम संयोजक कूलचन्द्र दाहाल, कोषाध्यक्ष हरि तामाङ, कर्मचारी केशव दाहाल, इलाम संयोजक रवी ज्ञवाली लगायतको उपस्थिति थियो ।
विगत डेढ वर्षदेखि उक्त संस्थाले चुलाचुली–६ र ७ को क्षेत्रलई ‘पकेट एरिया’ मान्दै स्थानीय विद्यालयको कक्षाकोठा, शौचालय बालविकास भवन, कल्भर्ट , सिचाई, सचेतना कक्षा, दुग्ध उत्पादन तथा प्रवद्र्धनका लागि गाई पालन र व्यवस्थापन, बंगुर पालन लगायतका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

0 प्रतिकृया:

Post a Comment