हत्या भएको माइतीपक्षको आरोप

दमक, चैत्र ९/ मंगलबार साँझ आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी भनिएकी दमक–१२ की राधा चौधरी (पण्डित) ले आत्महत्या गरेको नभई उनको हत्या गरिएको आरोप मृतकका माइतीपक्षले लगाएका छन् ।
मृतक राधाका माइतीपक्षले बुधबार उनका श्रीमान सहित ३ जना विरुद्ध इलाका प्रहरी कार्यालय दमकमा किटानी जाहेरी दिएका छन् ।
राधाका बाबु घनश्याम पण्डितले राधाका श्रीमान सुनिल चौधरी उनका बाबु लक्ष्मी र आम निलदेवी चौधरी विरुद्ध जाहेरी दिएका हुन् । सो अघि मृतकका आफन्तहरुले शव गाडीमा राखेर विरोध जुलुस गरेका थिए । उनीहरुले राधालाई हत्या गरेपछि झुण्ड्याएको आरोप लगाएका छन् ।
२२ वर्षीया राधा र सुनिलबीच १० महिना अघि प्रेम बिवाह भएको राधाका दाजु दिनेश पण्डितले जानकारी दिएका छन् ।
यसैबीच बुधबार नै राधाको कन्काई माइ नदीमा दाहसंस्कार गरिएको छ । प्रहरीले आवश्यक अनुसन्धानका लागि आरोपित तीनै जनालाई नियन्त्रणमा लिइसकेको जनाइएको छ ।

0 प्रतिकृया:

Post a Comment