श्रममन्त्री गिरी बर्खास्त, थापा नियुक्त – उपमुख्य समाचार

दुई राज्यमन्त्रीको सरुवा

काठमाण्डौ, चैत ११ /बैदेशिक रोजगार बिभागमा सुधारका काम गरिरहेका महानिर्देशक पूर्णचन्द्र भट्टराईलाई हटाउने श्रममन्त्री सरिता गिरीलाई प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बर्खास्त गरेका थिए । दुई दिनअघि आफ्नै कार्यालयमा बोलाएर राजीनामा गर्न निर्देशन दिएपनि गिरीले राजीनामा दिनुको सट्टा उल्टै आफ्नो कदमको बचाउ गर्दै प्रचारबाजी गरेपछि आक्रोशित बनेका प्रधानमन्त्री भट्टराईले गिरीलाई बर्खास्त गरेका हुन् ।
गिरीलाई बर्खास्त गरिएपछि उनको स्थानमा शुक्रबार नैै राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष मालवरसिंह (एमएस) थापालाई श्रम तथा यातायात ब्यवस्था मन्त्री नियुक्त गरेका छन् । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शुक्रबार दिउँसो नै राष्ट्रपति डा. रामवरण यादवको उपस्थितिमा सितलनिवासमा नव नियुत्त, श्रम तथा यातायातमन्त्री एमएस थपालाई सपथ खुवाएका छन् ।  यसअघि गिरीले हटाएका महानिर्देशक भट्टराईलाई पुनर्वहाली गरिने प्रधानमन्त्री निकट स्रोतले जानकारी दियो ।
गिरीले आफूलाई मन्त्रीबाट नहटाउन माओवादी अध्यक्ष प्रचण्डसँग गुहार माग्ने प्रयास गरेपनि त्यो सफल हुनसकेन । प्रचण्डका सहयोगीले भेट नमिलाइदिएपछि पद थमौती गर्ने उनको प्रयास बिफल भएको थियो  । यसैबीच मन्त्री र राज्यमन्त्रीबीच बिवाद भएका कारण मन्त्रालयको काममा असर परेपछि भुमिसुधार राज्यमन्त्री र पर्यटन राज्यमन्त्रीलाई सरुवा गरिएको छ । भूमिसुधार राज्यमन्त्री ज्वालाकुमारी साहलाई पर्यटन राज्यमन्त्रीमा र हाल पर्यटन राज्यमन्त्री रहेका दिलीप महर्जनलाई भुमिसुधार राज्यमन्त्रीको जिम्मेवारी तोकिएको छ । भुमिसुधारमन्त्री भीमप्रसाद गौतम र राज्यमन्त्री शाहबीच कर्मचारी सरुवाका बिषयमा बिबाद भएपछि राज्यमन्त्री साहलाई प्रधानमन्त्रीले स्पष्टीकरण साधेका थिए ।
यस्तै प्रधानमन्त्री भट्टराईले रिक्त संचार मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्ने प्रयास थालेका छन् । जेपी गुप्ता जेल परेपछि खालीरहेको सो पदमा नयाँ ब्यक्ति पठाउन फोरम गणतान्त्रिकका नेताहरुलाई आग्रह गरेको भएपनि उनीहरुले नाम दिन नसक्दा नियुक्तिमा ढिला
भएको बताइएको छ । यस्तै मदिरा सेवन गरेर बीर अस्पतालका कर्मचारीलाई दुब्र्यबहार गर्ने स्वास्थ्य राज्यमन्त्री सरोज यादवले कर्मचारीसँग माफी मागेपछि बिवाद मिल्ने भएको छ । दुवै पक्षबीचको छलफलमा एकअर्काका कमीकमजोरी स्वीकार गरिएपछि बिवाद साम्य हुन लागेको बताइएको छ ।

0 प्रतिकृया:

Post a Comment