तरकारी खेतीबारे अन्तर्क्रिया

दमक, चैत्र १६/व्यवसायीक तरकारी खेती तथा रोग–प्रकोप नियन्त्रणका बारेमा बुधबार दमक–१९ मा अन्तत्र्रिmया सम्पन्न भएको छ ।
मेची सहकारी संस्थाको आयोजना र जिल्ला कृषि विकास कार्यालयको प्राविधिक सहयोगमा भएको कार्यक्रममा कार्यालयका बाली संरक्षण अधिकृत राजेन्द्र खरेल, वागवानी विकास अधिकृत बद्रीप्रसाद पौडेल तथा प्रसार शाखाका दीपक गिरीले रोग नियन्त्रण, बाली प्रणाली लगायतका बारेमा जानकारी गराएका थिए ।
सहकारी संस्थाका कोषाध्यक्ष खगेन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा  सहकारी संस्थाका सञ्चालक सदस्य पदम थापाले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा स्थानीय कृषकहरुले तरकारी बालीमा लाग्ने बिभिन्न रोग तथा किरा नियन्त्रणका बारेमा बिभिन्न जिज्ञासा
राखेका थिए ।
कार्यक्रम संस्थाका व्यवस्थापक खोमप्रसाद बगालेले सञ्चालन गरेका थिए । संस्थाका सञ्चालक सदस्य धिरेन लाओती, युवा परिचालन संयोजक दीपेन्द्र पौडेलले संस्थाले कृषिको व्यवसायीकताका लागि सहयोग पु¥याउँदै आएको बताएका थिए ।
कार्यक्रममा स्थानीय अगुवा कृषकहरु सिंहबहादुर देवान, रामकुमार धिमाल, डम्बर खनाल लगायतले किसानले भोग्नु परेका बिभिन्न समस्या राखेका थिए ।

0 प्रतिकृया:

Post a Comment