मालेले तोक्यो इन्चार्ज र प्रमुख

उर्लाबारी/नेकपा एमाले मोरङ क्षेत्र नं.–९ को पहिलो बैठकले गाँउ इन्चार्ज र विभाग प्रमुख छनौट गरेको छ ।
क्षेत्रीय अध्यक्ष उपेन्द्र घिमिरेलाई स्कुल विभाग, उपाध्यक्ष नरेन्द्रप्रसाद ढुङ्गेललाई आर्थिक विभाग, सचिब पुष्प ढकाललाई संगठन विभाग, हरी धिमाललाई प्रचारपसार बिभाग प्रमुखको जिम्मेवारी दिएको छ । त्यस्तै उर्लाबारीमा लक्ष्मीनारायण धिमाल, मधुमल्लामा गोपाल भण्डारी, लेटाङमा हरीगोविन्द श्रेष्ठ, टाँडीमा नरेश आचार्य, रमितेखोलामा सरण गजमेर, भोगटेनीमा कृष्णकुमारी राई, बारङ्गीमा शेरमान तामाङ, जाँतेमा कृष्ण लुईटेल तथा प्रतिष्ठान शाखामा मेघराज श्रीपाली बस्नेतलाई इन्र्चाज तोकेको एमालेले जनाएको छ ।

0 प्रतिकृया:

Post a Comment