" असहमतिबाट शान्ति प्रकि्रया अघि बढ्न सक्दैन "- मुख्य समाचार

धरान, फागुन ६/  राष्ट्रपति डाक्टर रामवरण्ँ यादवले शुक्रबार देखि धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा सुरु भएको पाँचौ सार्क कंग्रेस रेडियोलोजी सम्मेलनको उद्घाटन गरेका छन् ।
सो अवसरमा राष्ट्रपति डाक्टर यादवले पहाडी र हिमाली Ôेत्रमा बसोवास गर्ने नेपाली जनताले अ´ै पनि सर्वसुलभ स्वास्थ्य सेवामा पहुँच प्राप्त गर्न नसकिरहेको बताए ।
स्वास्थ्य Ôेत्रमा धेरै विकास र परिवर्तन भए पनि अ´ै सबै नेपालीको स्वास्थ्य सेवामा पहुँच नपुगेको उल्लेख गर्दै उनले चिकित्सा Ôेत्रमा कि्रयाशील स्वास्थ्यकर्मीलाई इमान्दारिताका साथ स्वास्थ्य सेवा दिनेतर्फ समर्पित रहन आग्रह समेत गरे ।

विपी कोइरालाले नेपाल र भारतमा प्रजातन्त्र ल्याउन पुर् याएएको योगदानको कदर गर्दै प्रतिष्ठान निर्माण्ँमा सहकार्य गरेकॊ स्मरण्ँ गराउँदै उनले २०४६ सालपछि मुलुकको स्वास्थ्य Ôेत्रमा उल्लेखनीय प्रगति हुन सकेको बताए । राष्ट्रपति यादवले राजनीतिक दलका असंवेदनशीलताका कारण्ँ शान्ति प्रकि्रया अ´ै गम्भीर अवस्थामै रहेको भन्दै चिन्ता पनि प्रकट गरे ।
राजनीतिक स्वार्थका कारण्ँ उपलब्धिहरु संस्थागत गर्न नसकिएको तथ्यप्रति सबैको ध्यानाकÈ्रण्ँ गराउँदै विगतलाई हेरेर मुलुकको सुन्दर भविष्य बनाउने कार्यमा लाग्नु पर्ने बताए । सो अवसरमा राष्ट्रपति डाक्टर यादवले रेडियोलोजी समाजले तयार पारेको रेडियोलोजी जर्नलको लोकार्पण्ँ समेत गरेका थिए ।
सो अवसरमा स्वास्थ्यमन्त्री राजेन्द्र महतोले शान्ति प्रकि्रयालाई तार्किक निष्कÈ्रमा पुर् याई जनचाहना अनुरुपको संविधान जारी गर्न बाँकी रहेको बताए । मन्त्री महतोले राजनीतिक दलहरुबीच आपसी विश्वास कायम हुन नसक्दा संविधान निर्माण्ँमा ढिलाई भएको तथ्य पनि स्पष्ट पारे । एक वÈ्रका लागि रेडियोलोजिकल सोसाइटी अफ सार्कको अध्यÔमा निर्वाचित भएका पाकिस्तानका डाक्टर अक्रम अलीले आफ्नो कार्यकालमा सार्क मुलुकमा रेडियोलोजी सेवालाई प्रभावकारी ढङ्गले विकास गर्ने विश्वास दिलाए । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्राडा विपी दासले प्रतिष्ठानले यति ठूलो सम्मेलन सम्पन्न गराउनका लागि गरेको प्रयास प्रशंसनीय रहेको बताउँदै प्रतिष्ठानले आमजनताको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न भरमग्दुर प्रयास गरिरहेको बताए ।
सम्मेलनमा सार्क राष्ट्र बाहेक संयुक्त राज्य अमेरिका चीन बेलायत थाइल्याण्ड जर्मनी लगायतका १३ देशका ´ण्डै एक हजार रेडियोलोजी विशेÈज्ञको सहभागिता रहेको छ । सम्मेलनमा रेडियोलोजी Ôेत्रमा पछिल्लो चरण्ँमा भएका नयाँ प्रयोग र प्रविधिका िवÈयमा विशेÈ छलफल हुने बताइएको छ ।
नेपाल रेडियोलोजी एसोसियसन र रेडियोलोजिकल सोसाइटी अफ सार्कले संयुक्त रुपमा आयोजना गरेको यो सम्मेलनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेडियोलोजी विभागले स्थानीय स्तरमा संयोजन गर्ने अवसर पाएको हो । सम्मेलन परिसरमा विश्वका विभिन्न देशका रेडियोलोजी उपकरण्ँ उत्पादन गर्ने २० ओटा कम्पनीका उपकरण्ँ समेत प्रदर्शनीमा राखिएका छन् ।

0 प्रतिकृया:

Post a Comment