प्रावि स्तरीय गायन

उर्लाबारी, फागुन ६/  मोरङको उर्लाबारी-३ स्थित राधिका बाल क्लवको आयोजनामा शुक्रबार भएको प्रावि स्तरीय गायन प्रतियोगितामा सरस्वती निमावि उर्लाबारी-७ की प्रेरणा गिरी प्रथम भएकी छिन् ।
प्रतियोगितामा राधिका निमावि उर्लाब्ाारी-४ का सन्तोष दास दोस्रो राधिका उच्च मावि उर्लाबारी-३ की सितल गुरुङ र मुस्कान कार्की तेस्रो भए भने सृजन निमावि उर्लाबारी-१ की नम्रता राई सान्तवना भइन् । विजयी विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि राधिका उच्च माध्यामिक विद्यालयका सहायक प्रध्यानाध्यापक कमल दाहाल लगायतले पुरस्कार प्रदान गरेका थिए ।
सो प्रतियोगितामा १० विद्यालयका १३ जना बालबालिकाहरुको सता रहेको क्लवका अध्यक्ष जुलन पोद्दारले बताए ।

0 प्रतिकृया:

Post a Comment