दुर्घटनामा हवल्दारको मृत्यु

दमक, फागुन ६/  झापाको दमकमा भएको सडक दुर्घटनामा शसष्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ ।
बिहिबार राती पूर्व पश्चिम राजमार्गको दमक चियाबगान सडक खण्डमा पूवर््ा आउँदै गरेकेा ना।२ ख ९३३७ नम्बरको ट्रकले ठक्कर दिँदा लखनपुर स्थित सशष्त्र प्रहरी बल पाथीभरागणमा कार्यरत शसष्त्र प्रहरी हवल्दार किरणकुमार मगरको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
उनी ७९७३ नम्बरको मोटरसाईकलमा पूर्व आउँदै थिए । ट्रकको ठक्करबाट गम्भिर घाईते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो ।

0 प्रतिकृया:

Post a Comment