जन्मभूमि - कविता

मेरो जन्म भूमि नेपाल शान्तिपूर्ण देश हो
दौरा सुरुवाल ढाका टोपी यो देशको भेष हो
कृषि प्रधान देश हाम्रो सुन्दर शान्त नेपाल
आफ्नै काम आफ्नै शान सुन्दर शान्त विशाल
के धनी के गरिब यहाँ हुन्छन् सब एक
छैनन् कोही वैरी यहाँ तराई वेसी लेक
चार जात छत्तिस वर्ण काम गर्छन् मिली
देशको निम्ती ज्यान दिन्छन् छाती खोली-खोली
हाम्रा वीर पूर्खाले नै हाम्रो इज्जत राखे
स्वाभिमानी वीरहरुले नेपाल बचाई राखे
जन्मभूमि नेपाललाई मुटुमा नै राख्छौं
देशको निम्ती मर्नु परे यो ज्यान चढाउँछौं
योगीता भट्टराई
कक्षा ः ५
मुनसन इङ्गलिस बोर्डिङ्ग स्कूल लखनपुर-१ झापा

0 प्रतिकृया:

Post a Comment