शिक्षकलाई सम्मान

उर्लाबारी, फागुन ६/  सेवा निवृत्त शिक्षकहरुलाई सम्मान तथा विभिन्न प्रतियोगितात्मक खेलकुद कार्यक्रम गर्दै मोरङ पथरी स्रोत केन्द्र स्तयिी अतिरिक्त कि्रयाकलाप कार्यक्रम शुक्रबार समापन भएको छ ।
तीन दिनसम्म भएको कार्यक्रममा केन्द्र अन्तर्गतको ४१ ओटा विद्यालयबाट छानिएर आएका विद्यार्थीहरुबीच फुटबल हाजिरिजवाफ गायन नृत्य शिक्षकहरुको मोटरसाईकल र शिक्षिकाहरुको लागि साईकल स्लो रेस प्रतियोगिता गराइएको थियो ।
कार्यक्रम अन्तर्गतको सामुहिक नृत्य प्रतियोगितामा पथरीको चन्द्रकिरातेश्वर निमावि प्रथम पथरीकै दूर्गा मावि र जनता उच्च मावि क्रमशः दोस्रो र तेस्रो भएका छन् । नृत्य प्रतियोगितामा छानिएर आएका १२ विद्यालयहरु सहभागी रहेका थिए ।
यसैबीच केन्द्र अन्तर्गतका विद्यालयमा काम गरेर सेवा निवृत्त भएका १२ शिक्षकहरुलाई स्रोत केन्द्रले सम्मान सहित बिदाई गरेको छ । यसरी सम्मानित हुनेहरुमा योगेश्वर सिटौला ओमप्रसाद बजगाई नरहरि शर्मा रामप्रसाद भट्टराई फडिन्द्र पौडेल बासुदेव निरौला मुक्तिनाथ क्रइकेल गोपिलाल चम्लागाई नगेन्द्र भट्टराई पृथ्वीचन्द्र राजवंशी र कृष्णबहादुर अधिकारी छन् । उनीहरुलाई मोरङका निमित्त जिल्ला शिक्षा आधिकारी अशोक कालाखेतीको हातबाट सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।

0 प्रतिकृया:

Post a Comment