" धिमाल स्वायत्त प्रदेशको विकल्प छैन " - कुराकानी

नगेन्द्र धिमाल एकीकृत माओवादी सम्वद्ध सभाषद् हुन् ।
राज्यको शासकीय स्वरुप निर्धारण समितिका सदस्य समेत रहेका उनी धिमाल जाति विकास केन्द्र नेपालको हालै मोरङ मंगलबारेमा सम्पन्न चौथौ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष चुनिएका छन् । केन्द्रको सचिव महासचिव र अनुगमन विभागका संयोजक लगायतका जिम्मेवारी पूरा गरीसक्नु भएका धिमाल आदिवासी धिमाल समुदायको पहिचान र अधिकार स्थापना गर्न लडीरहने प्रतिवद्धता जाहेर गर्छन् । यिनै सेरोफेरोमा रहेर अध्यक्ष धिमालसँग गरिएको कुराकानी मुख्य अंश ः
केन्द्रको अध्यक्ष पदमा चुनीएपछि कस्तो महसुश गर्नु भएको छ ?
सएउटा सामाजिक जिम्मेवारी थपिएको छ । आदिवासी धिमालहरुको पहिचान तथा अधिकार स्थापना गर्न चुनौतीको कार्यभार बोकेको छु ।
ससभाषद् समेत हुनुहुन्छ यसले समस्या त आउँदैन र ?
जनताका लागि लड्ने जुध्ने सवालमा निश्चय पनि यी दुवै गरिमालाई जोगाउन पुरा गराउन मैले अत्यन्त गम्भिर भएर अगाडी बढीरहेको परिस्थिती यहाँ फेरी स्मरण गर्नै पर्छ । धिमालहरुको एकमात्र साझा संगठनको विकासका निम्ती सभाषद्को माध्यमबाट राज्यको नीति निर्माण तहमा पुर् याउन समेत मेरो भूमिका अझ आवश्यक छ भन्ने बोध गरेको छु ।
केन्द्रको महाधिवेशनले के सन्देश दियो धिमाल समुदायलाई ?
झापा र मोरङमा मात्र बसोबास रहेका आदिवासी धिमालहरु अहिले करिब ३५ हजारको हाराहारीमा छन् । उनीहरुको आर्थिक राजनीतिक सामाजिक तथा सांस्कृतिक रुपान्तरण लगायतका अधिकार प्राप्तिका लागि सधै लड्ने सामूहिक उद्घोष गरेका छौं । मुख्यतया हामीले जातिको ऐतिहासिक पृष्ठभूमिको आधारमा धिमालको स्वायत्त प्रदेशको मागलाई उठान गरेका छौं । केन्द्रले ६ बुँदे मंगलबारे परियोजना घोषणा पत्रमा महाधिवेशनको निर्णयलाई सार्वजनिक गरिसकेका छौं ।
धिमाल स्वायत्त प्रदेशको मुद्धा उठाइएको छ त्यहाँलाई यो कतिको सान्दर्भिकता होला जस्तो लाग्छ ?
यहाँका आदिवासी धिमालहरु छन् । ऐतिहासिकताका आधारले पनि यिनीहरुको राजनीतिक अग्राधिकार सहित स्वायत्त प्रदेश विना यी जातिको समग्र अवस्थामा परिवर्तन हुने अवस्था छैन । त्यसैले पनि धिमालहरुलाई राज्यको मूल प्रवाहमा पुर् याउने हो भने धिमाल स्वायत्तको विकल्प छैन । राज्यले हाम्रा माग सुनवाई गरेको छैन महाधिवेशनले नै सरकार प्रति खेद समेत गरेको हो ।

सधिमाल समुदायको उठानका लागि केन्द्रले के गर्दैछ ?
हामीले यस केन्द्रको स्थापना कालदेखि नै धिमाल समुदायको पहिचान र अधिकारका मुद्धालाई जोडतोडका साथ उठाइरहेका छौं । पहिलो मुद्धा नै राजनीतिक अग्राधिकार सहितको छुट्टै स्वायत्त प्रवेशको अवधारणालाई अगाडी सारेका छौं । राजनीतिक अधिकार सँगै हामीले दिगो योजनालाई अत्यन्त महत्वका साथ उठान गरिआएका छौं ।
धिमालका मुख्य बस्ती र समुदायको अवस्था कस्तो छ ?
झापा र मोरङमा मात्र बस्दै आएका धिमालहरु यस क्षेत्रका विभिन्न ९८ वटा टोलमा छन् । प्रत्येक १० वर्षमा ०।९ प्रतिशतका दरे यी समुदायको भाषा लोप हुँदै गएको छ । हामीले भाषा संरक्षण र उनीहरुको आर्थिक विकासमा समेत आवश्यक योजना सहितको कार्यक्रम साचालन गर्ने सोच बनाएका छौं । मूलत ः यी समुदायहरु हरेक दृष्टिकोणले पीछडिएका छन् ।
धिमालहरुको सांस्कृतिक पक्ष खर्चिलो मानिन्छन् नी ?
कुनैपनि जातिको सांस्कृतिक पक्ष त्यो समुदाय जातिको पहिचान अस्तित्वसँग जोडिएका कारण संस्कृति संरक्षण संवद्र्धन गर्न खाँचो रहिआएको छ । तर जुन प्रसङ्ग उठाइएको छ यसमा हामी समेत हुनैपर्छ । तर जुन प्रसङ्ग उठाइएको छ यसमा हामी सचेत हुनैपर्छ । संस्कृतिको नाममा भड्किलो खर्चिलो चलन समय अनुसार परिवर्तन हुनुपर्छ हाम्रो समुदायमा समेत अहिले यस्ता चलनमा निकै सुधार आएको मैले महशुस गरेको छु ।
प्रस्तुति : विष्णु सुब्बा

0 प्रतिकृया:

Post a Comment