आजबाट वन महोत्सव

सुरुङ्गा, फागुन ६/ झापाको सुरुङ्गामा अवस्थित पर्यटकीय क्षेत्र जामुनखाडीमा आजदेखि वन महोत्सव शुरु हुँदैछ । जामुनखाडी सामुदायीक वन उपभोक्ता समूहले सिमसार क्षेत्रमा आयोजना गरेको १० दिने सो महोत्सवको उद्घाटन सामुदायिक वन उपभोक्ता महासंघको केन्द्रीय अध्यक्ष अप्सरा चापागाईले गर्ने भएकी छिन् । महोत्सव मूल आयोजक समितिका अध्यक्ष पर्शुराम गिरीका अनुसार महोत्सवका सम्पूर्ण तयारी पूरा भएको छ । आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिने उद्धेश्यले आयोजित सो महोत्सवमा ३० वटा विभिन्न व्यापारिक तथा वनजन्य सामाग्रीहरुका स्टलहरु राखिएका छन् । महोत्सवको पहिलो दिन स्थानीय कलाकारहरुले सांगीतिक कार्यक्रम प्रस्तुत गर्ने महोत्सव प्रचार उपसमितिका संयोजक प्रेम अधिकारीले जानकारी दिए । आयोजकले नेपालमा नै वन सम्बन्धी सो महोत्सव पहिलो भएको दावी गरेका छन् ।

0 प्रतिकृया:

Post a Comment