वैदेशिक रोजगारीको अवसर- पठाउनेलाई वरदान जानेलाई अभिषाप - पहिलो लेख

जेपी सापकोटा
सधैंजसो आज पनि दैनिक पत्रिका हातमा पर्ने बित्तिकै ुवैदेशिक रोजगारीको सुवण्र्ँ अवसरु भन्ने ठूला विज्ञापन पल्टाए । पत्रिकाका लहरै विज्ञापन -कुवेतको पापाजोन पिज्जामा क्लिनर १०० जना कतारको तासिर कम्पनीमा सेक्युरिटी गार्ड २५० तासीरक कम्पनी सेक्युरिटी गार्ड ७४ जना अर्को विज्ञापन कतारको बेष्ट कन्ट्याक्टरमा ३० जना लेबर कतारकै अल मन्टाजामा लेबर १० जना एशियन इन्सुलेसनमा ३८ जना लेबर कतार फुड कम्पनीमा असिस्टेन्ट कुक ३० जना मोटर साइकिल ड्राइभर ३३ जना युएईको लाइम इण्डष्ट्रिजमा विभिन्न पदको लागि १३४ जना कुवेतको होलिडे इनको लागि १६६ जना ४६ महिला सहित अबुधावीको कुम्यालन इलेक्ट्रोनिक्समा विभिन्न पदमा १६० जना कुवेतको द स्क्यायर रेष्टुरेण्टमा ५० जना क्लिनर अबुधावी नेशनल होटलमा १५० जना क्लिनर बहराइनको अल जाहारा सर्भिस कम्पनीको विभिन्न पदमा ५७ जना ।
यी सबै खाडी Ôेत्रमा कामदारको आवश्यकता सम्बन्धी आव्हान गरिएका विज्ञापनहरु हुन् । म आफै पनि वैदेशिक रोजगारीका नाउँमा ´ण्डै एक दशकको समय खाडीमै खर्चेर भर्खरै फर्केकाले पनि होला समाचारको हेडलाइन पढ्ने बित्तिकै रोजगारीका विज्ञापन हेर्न पुग्छु । त्यहाँका यथार्थता र वास्तविकताहरु आँखा अघिल्तिर नाच्न थाल्छन् । आजको विज्ञापन र मागिएका कामदारहरुको स्तर केलाएर हेर्छु । आधाभन्दा बढी क्लिनर र लेबर । बाँकी सेक्युरिटी गार्ड र अरु तल्लो दर्जा । त्यस मध्येको एउटा विज्ञापनमा कामदारले पाउने तलब ५ सय २५ दिराम अर्थात दश हजार पाँच सय रुपैयाँ र खान बस्न पाइने । अर्को विज्ञापनमा ६ शय कतारी रियाल -बस्ने सुविधा छ खाने छैन । विश्वव्यापी आर्थिक मन्दीसँगै महँगीले ढाड सेकाएको अरब मुलुकमा जतिसुकै काजुस्याई गरे पनि महिनाको दुई सय पचास भन्दा कमीले दिनको दुई छाक खान पुग्दैन । टेलिफोन लुगाफाटा र महिनामा एकपटक भए पनि बजार निस्किएको बेला मन मिचेर सस्तो जुस पिउँदाकॊ खर्च १ सय मात्रै जोड्ने हो भने पनि छ सय तलबमा गएको एउटा कामदारले दुई सय पचास अर्थात नेपाली पाँच हजार रुपैयाँ मासिक बचत हुन आउँछ । अर्कोे महिनाको लागि एक सुको आफूसँग नराखी घरमा पठाउने हो भने पनि रकम पठाउँदाको शुल्क ४ सय रुपैयाँ कटाएर परिवारको हातमा पर्ने पुग-नपुग ४ हजार ६ सय । अर्थात् काठमाण्डौमा बसेको परिवार भए एक महिनाको एउटा कोठाको भाडा बराबरको रकम र गाउँ तिरै बसेको भए पनि १० जना खेतालाको एक दिनको मजदुरी भन्दा पनि कम बचत ।
कामको प्रकृति -क्लिनर ःऽ कहाली लाग्दा घर र टावरको भित्री र बाहिरी सीसा पुछ्नु पर्ने जागिर । अथवा बीच-बीचमा टल्किने पहेँलो पोशाक लगाएर सडक र पार्कमा फ्याँकेका चुरोटका ठुटा वा अरु फोहोर चिम्टाले च्याप्दै कालो प्लाष्टिकमा खाँद्दै एकाठाउँमा बटुल्नुपर्ने । कथंकदाचित सिप¨मल वा अन्य घरायसी क्लिनरमा काम पाइयो भने चाँहि ुभाग्यमानी क्लिनरु । मलको भित्री वा बाहिरी भागमा पोछो लिएर भुँईमा दल्दै वरीपरि घुम्नु पर्ने वा मान्छे निस्किए पिच्छे ट्वाइलेटमा उछिट्टिएका छिटा सरक्क पुछेर ओभानु बनाउने जागिर । अलिकति भिआइपी दिसा पिसाब गर्न छिरेभने टिसु पेपर लिएर टिप्सको आशामा पर्खियो । बाहिर निस्किने बित्तिकै ुसलाम अरब बापु सँगै बिहान माझ्न नपाएका पहेँला दाँत ङिच्च गर्दै हत्तपत्त टिसु थमाइदियो । १÷२ कौडी हातमा पर्यो भने मख्ख । नभए दाना नपाएको घोडाले जस्तै पर नपुगुाजेल निरास आँखाले उसैलाई पछ्याइरहनु र अर्को पर्खिनु ।
सेक्युरिटी गार्ड ःऽ बलियो दोहोरो जिऊ । प्रमाण्ँ-पत्र बेच्नेले एकैछिन हाटहुट गरेर सलोट सम्म गर्न सिकाएको भरमा लिएको तालिम र तीनवÈे्र अनुभवकॊ किर्ते प्रमाण्ँ-पत्रको भरमा सेक्युरिटी गार्डमै छानिएका अर्काथरि भाग्यमानी । कन्स्ट्रक्सन वा आउटडोरमा परे दिनभरिको जागीर पछि िसंहदरबार अगाडि खटिएका ट्राफिक प्रहरीको जस्तो धुलोले गतिग्रास बनाइदिन्छ । त्यसमाथि ५० डिग्रीसम्मको तापले रापिएको टाउकोमा समातेको हात निकाल्दा आउने एकमुठी रौं । धेरै तलबको निहूँमा मेनपावर कम्पनी र त्यसका बिचौला र दलालहरुले ढाड सेकाएर लिएको पैसामा थपिएको साहुको व्याजको लेखो राख्दा र दिनभरि उभिँदा लागेको रिँगटा दुखाई र थकान माथि घर परिवारको यादले सताएको पीडाको त के हिसाब भयो र †
तलबमा पुनर्विचार गर्न हाम्रो सरकार कहिल्यै अगाडि सरेन । उसलाई अर्को देशले सस्तोमा लेवर पठाइदिएला र आफ्ना नागरिकले जागिर नपाउलान् भन्ने डर छ । कम्तिमा १ सय २५ डलर मासिक तलब सम्ममा वैदेशिक रोजगारीमा पठाउन सरकारले स्वीकृति दिएको छ । दशकौं अगाडि तोकिएको यो दरमा परिवर्तन आउन नसकेकोले यति तलब देखाउन सके विदेश पठाउनेलाई बाटो खुलेकोछ । अर्कोतिर हाम्रा रोजगार व्यवसायी संस्थाको भिषा पाउने प्रतिस्पर्धाले यो Ôेत्रलाई अ´ै पिरोलेको छ । यो लडाईमा उनीहरु आफै पनि नराम्ररी फसेका छन् । खाडी Ôेत्रका सबैजसो मुलुकमा निःशुल्क िभÈा पाइन्छ । यहाँ आउने कामदारको िभÈा वापत शुल्क लिनु कानुनतः दण्डनीय हो । तर रोजगार व्यवसायी संघले आफै पैसा लिन उक्साइहेका छन् । व्यवसायी बीच नै कम्पनी मालिक वा त्यहाँका बिचौलियाहरुलाई कमिशन दिएर िभÈा लिने होड चलेको छ । कमिशन बढी दिनेमा मात्र होइन कम्ति तलबमा कामदार ल्याइदिनेमा समेत प्रतिस्पर्धा चल्छ । केही वÈ्र अगाडि म र नेपाली समाजका तात्कालीन सचिव लोक सुवेदी अहिले एनआरएन केन्द्रीय सदस्य छन् दुबईको देरास्थित इरानी सुपर मार्केटमा किनमेलको लागि पुगेका थियौं । काउण्टरमै बसेर कमिशनको मोल मोलाई गरिरहेका नेपाली व्यवसायी र मालिकबीचको संवादले हामीलाई स्तब्ध बनायो । नौ सय तलब दिने मालिकको इच्छा हुँदा हुँदै पनि ती व्यवसायी दोभाÈेको साहारामा भन्दै थिए- ु किन यति महँगो तिर्नु हुन्छ म ६ सय दिराममै जत्ति पनि नेपाली कामदार ल्याइदिउँला ।ु बरु ती इरानी मालिकले त्यत्ति सस्तोमा कामदार नल्याउने भनेपछि प्रति कामदार सात सय दिरामको तलब निर्धारण्ँ भएको थियो । हामीले निष्कÈ्र निकाल्यौं - ुयस्तै प्रवृत्तिले गर्दा नै संसारमा इमान्दार र बहादुरीको ख्याति कमाएका नेपालीको विदेश पुगेपछिको श्रम मूल्य बंगालदेश पछि सबैभन्दा सस्तो लेबरको रुपमा गनिएको रहेछ ।ु
यी विज्ञापन र वैदेशिक रोजगारीमा जान त_िम्सएकाहरुको लाम देख्दा २ वÈ्र अगाडि दुबई देरास्थित मार्कोपोलो होटल अगाडि दिनभरि स्क्याफोल्डरमा काम गरेर आएका सोलुका छििर¨ भाइको भनाई स_िम्´ए -ुसर नेपालमा बसेर गरेको सुखद् कल्पना त हवाइजहाजमा मात्रै पूरा भयो ।ु दुबई पाम होटलमा भाँडा माझ्ने जागिर पाएका उनले देखेको सपना जहाज भित्रका सुन्दरीहरुले मुस्कुराउँदै बाँडेको पाँचतारे होटलको खानामै मात्र सीमित भएको थियो । खै † एक तुर्को पानी समेत नपाइने बजेट एयरलाइन्समा यात्रा गर्नु पर्यो भने यी १३८२ जनाको सुखद् सपना हवाईजहाजमा समेत पूरा नुहने हो कि त्यस माथि पनि प्रुी िभÈा र टिकट भनेर सत्तरी हजार भन्दा बढी असुलिने प्रवृत्तिबीच अहिलेको वैदेशिक रोजगारी पठाउनेलाई बरदान र जानेलाई अिभÈाप मात्र भएको छ । संसारमा बढ्दै गएको मुद्रास्फितिको दरसँग रोजगारीको न्यूनतम ज्यालालाई तालमेल नगर्ने हो भने जत्तिवÈ्र विदेशिए पनि कामदारको भागमा हात लाग्यो शून्य मात्र हुनेछ ।
लेखक ल्च्ल्ब् को वैदेशिक रोजगार सूचना केन्द्रका सदस्य हुनुहुन्छ ।

0 प्रतिकृया:

Post a Comment