सत्य र प्रवृत्तिका बबुराहरु - असरल्ल

कमन देवान
प्रवृत्तिका बबुराहरुको एउटा अडान थियो छ र रहिरहने छ । उनीहरु यदाकदा भनिरहन्छन् बोलिरहन्छन् मानिरहन्छन् र टेरिरहन्छन् कि ठूलो भन्नु नै विशाल ठूलो भन्नु नै उत्तम ठूलो भन्नु नै महान् ठूलो भन्नु नै अलंकार र ठूलो भन्नु नै सर्वस्वीकृत सत्य । शाब्दि ढङ्गको अर्थप्रधानतामा ँठूलो’ भन्नु ठूुुलो या नि अघि दावी गरिएका विषयवस्तुसँग मिल्दोजुल्दो अवस्थाको हुन सक्छ नहुन पनि सक्छ । ठूलो के ठूलो कसरी र ठूलो किन यी पाटोका चिन्तनलाई गम्भीर ढङ्गले विश्लेषण गर्ने हो भने त्यसका विविध कोणहरु हुन सक्छन् । कारण अवस्था गुण अर्थ र सारमा समेत ँठूलो’ को अर्थहीनता नखुल्ने भए यो व्रह्माण्डमा त्यसको अर्थ स्पष्ट नहुने निश्चित छ ।
हात्ती नचाउने ँमाउतेदाई’ निर्देशकीय भूमिकाले ठूलो मान्न सकिन्छ तर आकार शरीरको आयातन तौल स्वरुप आदिमा र बलको तुजुकमा पनि हात्ती ठूलो हो । यही सामान्य उदाहरणका आधारमा विश्लेषण गर्ने हो भने आ-आफ्नै गुण र कार्यका लागि ँमान्छे’ र ँजनावर’ को ठूलोत्वमा दोष लगाउने ठाउँ छैन । बरु यहाँ नेर त तर्क तर्कना र जिकिरहरुको घोंचपेच र चर्काचर्की चल्छ अन्ततः वस्तुगत यथार्थमा प्राप्त हुने निष्कर्षमा सबै पाटोका पक्ष माथि ध्यान दिइन्छ । संसारको चलिरहेको परिपाटी र अभ्यास भन्दा पृथक गतिलो सोच्नु एउटा प्रयोग हुन सक्छ तर सबै प्रयोग सफल नहुन सक्छन् तथापि असफल प्र्रयोग अभ्यास हुन सक्दैन भन्ने प्रवृत्तिका बबुराहरुको तर्क आफैमा विरोधाभाषपूर्ण छ ।
विज्ञान र प्रविधिले थुप्रै अभूतपूर्व चमात्कारहरुलाई सार्थक तुल्याएको छ । पृथ्वी भित्र अन्तरिक्ष र अन्य ग्रहहरु सम्मको यात्रा सम्भव भएको छ । मानव जनजीवनका थुप्रै गतिविधि र दिनचर्या सहज हुँदै गएको छ । त्यस्तै प्रविधिको दुरुपयोगका कारण मानव समुदाय र पृथ्वीकै लागि अनेकन चुनौतिहरु समेत देखा पर्दै गएका छन् । युगले दु्रत गतिमा फड्गो मार्नुमा विज्ञान र प्रविधिको योगदान छ तर यहीँनेर भूल्न नहुने अर्काे कुरो अन्ततः मानव चेतनाको विकास खोज-अनुसन्धान र कल्पनाशीलताका कारण नै विज्ञान र प्रविधिको उत्पत्ति र विकास भएको छ । अर्थात एक-अर्काका लागि यी दुवै कुराको महत्व र अस्तित्व छ । तर यदि कुनै एकले अर्काेको अस्तित्व स्वीकार्न नसकेको परिस्थितिमा द्वन्द्व सृजना हुने खतरालाई टार्न सकिँदैन ।
प्रवृत्ति आफैमा कमजोरी हो । जो सँग साँढे प्रवृत्ति छ मिचाहा प्रवित्ति छ र जो आफ्नै पाइताला मुनि मात्र अरुलाई किचिरहन चाहन्छ त्यो प्रवृत्ति सबैभन्दा घातक नियतबाट प्रेरित हुन्छ । प्रवृत्तिका बबुराहरुको नियत भन्नु सदासर्वदा आफ्नै पाऊमा अरुले झुकिदिउन् भन्ने हुन्छ । उनीहरु सबैलाई त्यसै गरी झुकिरहेको मात्र देख्छन् तर आफ्नो वास्तविक उचाई चाँहि बिस्रन्छन् । कुनै पनि वृक्षमा जतिधेरै फल लाग्छ त्यो त्यति नै धेरै निहुरिएको हुन्छ यो युग सुरुवात देखिको दृष्टान्त हो । तर जो फलविहीन् छ ऊ सर्वदा आफ्नो कथित अभिमानको खोक्रो गर्वमा उचो र सर्वदा उचो स्थापित रहिरहन खोज्छ । तथापि वस्तुगत मानेमा रित्तो र खोक्रो अभिमान भन्नु साश्वत सत्य हुन सक्दैन सत्यको एउटै महानता वा कमजोरी भन्नु सत्य हुनु नै हो । त्यसैले सत्यलाई नकार्ने प्रवृत्ति त्याग्न जरुरी छ ।

0 प्रतिकृया:

Post a Comment