बाल साहित्य र आकर्षण - बालबालिका

अलि पहिले धेरै साहित्यकारहरु आफ्नो रचनामा बालबालिकाले बुझ्ने सरल भाÈा प्रयोग गर्न हच्किन्थे । क्लिष्ट शब्द र भावनामा डुबेर तयार पारिने रचना लेख्नु साहित्य हो भन्ने बु´ाई थियो ।
तर हिजोआज यो बु´ाई र प्रवृत्तीमा परिवर्तन आएको छ । ुकेटाकेटीको आवश्यकता र विश्व साहित्यको प्रभावले बाल साहित्यतर्फको आकÈ्रण्ँ ह्वात्तै बढेको छु बाल साहित्यमा कलम चलाउने युवास्रष्टा शाश्वत पराजुलीले भन्नुभयो । महाकवि लक्ष्मीप्रसाद देवकोटाको पालादेखि नै बालसाहित्यको फाट्टफुट्ट शुरुवात भएपनि २०३५ सालदेखि बाल वÈ्र मनाउन थालेपछि मात्र यसको विकास भएको पाईन्छ । ु२०४४ सालमा बाल साहित्य समाज गठन भएपछि अ´ यसले तिब्रता पायोु पराजुलीले भन्नुभयो -ुकान्पिुरले कोपिला प्रकाशन शुरु गरेपछि २०५७ र ०५८ सालपछि बाल साहित्यतर्फको ´ुकाब ´न् बढेर गयो ।ु त्यसो त त्यो भन्दा पहिलेदेखि नै बाल साहित्य प्रकाशन हुँदै आएको हो । अहिले पनि धेरै पत्रिकाहरुले बाल साहित्यलाई प्राथमिकतामा राख्ने गरेका छन् ।

बाल सिकाई र मनोविज्ञानमा सकारात्मक प्रभाव
पछिल्लो समयमा बालबालिकालाई पढाउने काइदा फेरिएको छ । घोकाएर भन्दा खेलाएर र रमाएर सिकाउँदा बालबालिकाले छिटो सिक्छन् भन्ने मान्यताको विकास भएको छ । कथा कविता चित्रकथा जस्ता बाल साहित्य केटाकेटीले धेरै मन पराउने हुँदा यही माध्यमबाट उनीहरुलाई सिकाउने संस्थागत परिपाटी नै बसिसकेको छ । ुसिकाईका अरु पाटा जस्तै साहित्यले पनि बालबालिकाको सिकाईमा प्रत्यÔ प्रभाव पारेको छु िशÔा मनोविज्ञ चिराजीवि शर्माले भन्नुभयो । साहित्यमा रमाउने र त्यसबाट धेरै सिक्ने भएकाले पाठ्यक्रममै बालकथा कविता र चित्रकथाहरु समावेश गर्ने चलन पहिलेदेखि नै शुरु भएको हो ।
कलम चलाउनेको संख्या थपिँदै
बाल साहित्य समाजमै अहिले दुईसय भन्दा बढी सदस्य छन् । ुसबै सकृय नभएपनि ´ण्डै ६० जना यस Ôेत्रमा बढी सकृय छन्ु पराजुलीले भन्नुभयो । अहिले बजारमा ´ण्डै १६ र १७ सयको हाराहारीमा बाल साहित्यका रचना प्रकाशित छन् । माधव घिमिरे कृष्ण्ँप्रसाद पराजुली रमेश लेखक विनयकुमार कसजू हुँदै पछिल्ला पुस्ताका शास्वत पराजुली लगायतका दर्जनौं स्रष्टाले बाल साहित्यमा निरन्तर कलम चलाईरहेका छन् । विद्यालयमा पढ्ने बालबालिकाले पनि कथा कविता चित्रकथा जस्ता साहित्यमा कलम चलाउने क्रम पछिल्लो समयमा बढेको छ । यसले बालबाललिको सृजनासँगै सिकाई Ôमता पनि बढाउन ठूलो मद्धत पुगेको छ ।

0 प्रतिकृया:

Post a Comment