लुई पाश्चर - प्रेरक व्यक्तित्व

महान वैज्ञानिक लुई पाश्चरको जन्म सन् १८२२ को कि्रसमसको दुई दिनपछि प्रुान्सको जुरा जिल्लाको डोले गाउँमा भएको थियो । उनका पिता छाला प्रशोधन गर्ने काम गर्थे । त्यसताका उनको परिवारले अपनाएको छाला प्रशोधनको व्यापार राम्रो नै चल्थ्यो ।

केटाकेटी छँदा लुई पाश्चर चित्रकलामा बढी मन लगाउँथे । उनले आफ्ना आमा-बुवा तथा गाउँले साथीहरुका तस्बीरहरु पनि चित्रकलामा उतारेका थिए । हाल ती चित्रकलाहरु प्रुान्सस्थित पाश्चर इ_िन्स्टच्यूटमा सुरक्षित ढङ्गले राखिएका छन् ।
तर सोह्र वर्षको उमेरपछि लुई पाश्चर चित्रकलाको काम छाडी रसायन शास्त्रको अध्ययनमा व्यस्त हुन पुगे ।
सन् १८८२ मा लुई पाश्चरले प्रुान्सको बेसाङ्कनस्थित शाही कलेजबाट विज्ञानमा स्नातक उपाधि प्राप्त गरे । तर त्यतिबेलासम्म रसायनशास्त्रमा उनको सामान्य खालको मात्र ज्ञान थियो । त्यसैले उनले रसायनशास्त्रमा ट्यूशन पढ्न थाले । यसले गर्दा खर्चको अभाव हुन थालेपछि उनी कैयौं पटक भोकभोकै सुत्न पनि बाध्य भए । तर जस्तोसुकै कठीन परिस्थिति आउँदा पनि उनी रसायनशास्त्रको अध्ययनमा निरन्तर नै रहे ।
यसैबीच लुई पाश्चरको मेहेनतबाट प्रभावित भई रसायनशास्त्री प्रो। लाडरेटले आफ्नो प्रयोगशालामा उनलाई सहायकको रुपमा राखे । त्यसको केही समयपछि नै सन् १८४९ मा लुई पाश्चरलाई स्ट्रासबोर्ग विश्व विद्यालयमा रसायनशास्त्रको प्राध्यापक पदमा नियुक्ति मिल्यो ।
स्ट्रासबोर्ग विश्वविद्यालयमा प्राध्यापकको कार्य थालनी गरेको केही समयपश्चात् नै लुई पाश्चरको सोही विश्वविद्यालयका रेक्टरकी छोरी मेरी लाडरेटसँग प्रेम सम्बन्ध बस्यो । र २९ मे १८४९ मा उनीहरु दुईबीच विवाह सम्पन्न भयो ।
तर कस्तो अचम्म भयो भने- विवाहको दिन गिरजाघरमा निर्धारित समयमा लुई पाश्चर पुगेनन् । यसरी वर नै समयमा नपुग्दा उनका साथी चाप्पुहसले उनलाई खोज्न थाले । खोज्दै जाँदा त्यतिबेला पनि उनी प्रयोगशालामा अनुसन्धान कार्यमा व्यस्त रहेको पाए । विवाहपछि पनि उनी सधैजसो नै प्रयोगशालामा अनुसन्धान कार्यमा व्यस्त नै रहे । उनी बिहान ५ बजेदेखि राति १२ बसेसम्म पनि लगातार प्रयोगशालामा व्यस्त रहन्थे । तैपनि पाश्चरको बैवाहिक जीवन पूर्णरुपमा नै सुखी रह्यो । पाश्चरलाई उनकी श्रीमती मेरीले उनको अनुसन्धान कार्यमा जीवनभर पूर्णतः सहयोग गरिन् । उनको सफलतामा यसले पनि महत्वपूर्ण भूमिका खेलेका थियो ।

0 प्रतिकृया:

Post a Comment