शान्ति र संविधान प्रति दातृ निकायको चासो

काठमाण्डौ, फागुन ६/ नेपालको शान्ति प्रकि्रया र संविधान लेखनका िवÈयमा दातृ निकायले चासो व्यक्त गरेका छन् । शुक्रबार अर्थमन्त्रालयमा बसेको नेपालस्थित दातृ निकायहरुका प्रतिनिधिहरुले शान्ति प्रकि्रया र संविधान लेखनका िवÈयमा चासो व्यक्त गरेका हुन् ।
दातृ निकायका प्रतिनिधिहरुले नेपालको शान्ति प्रकि्रया संविधान निर्माण्ँ र अर्थतन्त्रको बारेमा चासो व्यक्त गरे । उनीहरुले नेपालको पछिल्लो अर्थतन्त्र राम्रो बन्दै गइरहेको र शान्ति प्रकि्रयाले पनि गति लिइरहेको बताए । दातृ निकायका प्रतिनिधिहरुले आफूहरुले शान्ति प्रकि्रया र संविधान निर्माण्ँमा सहयोग गर्दै आइरहेको र नेपालको आर्थिक अवस्थाको विकासका लागि पनि सहयोग गरिरहेको बताउँदै सहयोग जारी रााख्ने बताए ।
बैठकमा नेपाल सरकारको तर्फबाट अर्थमन्त्री पुनले दातृ निकायहरुलाई नेपाललाई गरिराखेको सहयोग बढाउन आग्रह गरे । उनले नेपालको अहिलेको प्रमुख प्राथमिकता शान्ति प्रकि्रया निष्कÈ्रमा पुर् याएको बताउँदै यसमा प्रधानमन्त्रीको प्रतिबद्धता भएको बताए । शान्ति प्रकि्रयाको मुख्य कार्य जनमुक्ति सेनाको स्वेच्छिक अवकाशमा जानेलाई विदाई गरिसकिएको र छिट्टै पुनस्र्थापनामा जानेलाई पनि पठाउने र समायोजनको प्रकि्रया अगाडि बढाइने बताए ।
नेपालको दोस्रो प्राथमिकता नयाँ संविधान निर्माण्ँ भएको बताउँदै उनले संविधान निर्माण्ँको अधिकांश कार्य सम्पन्न भएकाले निर्धारित समयमै नयाँ संविधान निर्माण्ँ हुने बताए । नेपालले उर्जा विकास र पूर्वाधार निर्माण्ँ र औद्योगिक सुरÔामा ध्यान दिएको बताए । नेपालको तिव्र विकासका लागि वैदेशिक लगानी भित्राउन प्रधानमन्त्रीको अध्यÔतामा लगानी वोर्ड गठन भएको र त्यो वोर्ड मार्फत वैदेशिक लगानी भित्र्याउने तयारी गरिराखेको जानकारी गराउँदै उनले ठूला लगानीको लागि दातृ निकायहरुलाई आग्रह समेत गरे । उनले नेपालको शान्ति प्रकि्रयालाई निष्कÈ्रमा पुर् याउने नयाू संविधान लेख्न र पूर्वाधारको विकासका लागि दातृ निकायहरुको थप सहयोग आवश्यक रहेको बताए ।
बैठकमा नेपालको अर्थतन्त्रको बारेमा अर्थसचिव कृष्ण्ँहरि बास्कोटाले र शान्ति प्रकि्रयाका बारेमा शान्ति तथा पुनर्निर्माण्ँ मन्त्रालयका सचिवले दातृ निकायहरुलाई जानकारी गराएका थिए । अर्थसचिव बास्कोटाले नेपालको समग्र अर्थतन्त्रको परिसूचक सकारात्मक भएको जानकारी गराएका थिए । शान्ति सचिवले शान्ति प्रकि्रया सकारात्मक दिशामा गइरहेको र पछिल्लो समय गति लिइरहेको जानकारी गराए ।
बैठकमा नेपालस्थित सबै दातृ निकायका प्रमुख तथा प्रतिनिधिहरु सहभागी थिए ।

0 प्रतिकृया:

Post a Comment