सहकार्य गर्न बिहारलाई प्रमको आग्रह

काठमाडौं, फागुन ६/ प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले भारतको बिहार राज्यको विकास आर्थिक उन्नति र सामाजिक समावेशीकारण्ँ नेपालीको आँखामा रोल मोडेल भएको भन्दै सहकार्यका लागि आग्रह गरेका छन् ।
पटनामा जारी ुपरिवर्तनमयी बिहारको विकासको लागि सा´ेदारीु िवÈयक विश्व सम्मेलनको शुक्रबार उद्घाटन गदै प्रधानमन्त्री भट्टराईले बिहारको विकासले नेपालीमा पनि इश्र्याभाव जगाएको बताए । ुबिहार भ्रमण्ँमा आउने धेरै नेपालीहरुले फर्केर मलाई बताउने गर्छन् कसरी बिहारले नागरिक सुरÔालाई मजबूत बनाएको छ र भौतिक पूर्वाधार निर्माण्ँ र स्तरोन्नतिलाई तिब्रता दिएको छ । धेरै नेपालीको आँखामा बिहार अहिले विकास आर्थिक उन्नति र सामाजिक समावेशीकारण्ँको रोल मोडेल भएको छु भट्टराईले भने -ुयो छोटो अवधिमा जे जति हासिल गर्नु भयो त्यसले हामीमा पनि इश्र्याभाव जगाएको छ ।ु

अहिले तिव्र आर्थिक वृद्धि हासिल गर्ने बाटोमा अगाडि बढ्न खोजिरहेको नेपालले बिहारबाट धेरै कुरा सिक्नु पर्ने भन्दै उन सहकार्यमा जोड दिए । प्रधानमन्त्री भट्टराईले नेपाल भारत र खासगरी सीमावर्ती भारतीय राज्यहरुसँग बलियो आर्थिक सम्बन्ध कायम गर्न तयार रहेको बताए । ुनेपालको प्रचुर जलविद्युत Ôमता परस्पर हितका निमित्त उपयोग गर्न सकिन्छ । पशुपतिनाथ लुम्बिनी र जनकपुर नेपालका महान धार्मिक पर्यटकीय Ôेत्र हुन् । दुवै Ôेत्रमा संयुक्त लगानीका उपक्रमहरु खडा गर्ने प्रचुर सम्भावना छु उनले भने -ुदुवै देशका नेतृत्वमा समझदारी सद्भावना र दूरदृष्टिको खाँचो छ । आउनुहोस् यो वुद्ध र अशोकाको भूमिका हामीले मानवहितका लागि सहकार्य गरौं र एक्काईसौं शताब्दिको नेतृत्व गरौं ।ु नेपालमा अहिले संविधानसभाबाट नयाँ गण्ँतान्त्रिक संविधान निर्माण्ँ गर्ने र संघीय ढाँचामा राज्यको पुनसर्ंरचना गर्ने प्रकि्रया जारी रहेको भन्दै उनले नेपाल अतुलनीय राजनीतिक संक्रमण्ँको चरण्ँमा रहेको बताए । ुठूलो आँधी पछि पानी थामिन समय लाग्नेु भन्दै प्रम भट्टराईले सहमतिका लागि केही समय लागे पनि सहभागितामूलक लोकतन्त्रको एउटा नयाँ मोडेल विकास गर्ने बताए । फोटो ः शुक्रबार बिहार पुगेका प्र।म। भट्टराईलाई स्वागत गर्दै त्यहाँका मुख्य मन्त्री नितिश कुमार ।

0 प्रतिकृया:

Post a Comment