नयाँ संविधान - खुल्ला आकाश

सुवोधराज प्याकुरेल
हामी पहिलो पटक जनताले प्रत्यÔ रुपमा बनाउने संविधानको निर्माण्ँ प्रकि्रयामा छौं । जनतामा ठूलो भ्रम छ । कसैलाई लाग्छ संविधानमा लेखिदिएपछि सबै अधिकार स्वतः पाइन्छ । कसैलाई लाग्छ सरकारसँग पैसाको थुप्रो हुन्छ । काला बजारी भ्रष्टाचार नहुने हो भने जनतालाई सुतिसुति खान पुग्छ । कसैलाई लाग्छ जात विशेÈ रङ्ग विशेÈकालाई दर्जाबाट फालिदियो र अर्को खालको मान्छेलाई कुसर्ी बसालिदियो भने सारा समस्या ुछु मन्तर कि बाचाु जस्तो तुरुन्त समाधान हुन्छ । जसले जे-जे रोजेको छ त्यही त्यही पाउने गरी संविधानमा लेखियोस् भन्ने पनि छ । सरकारी जागिरमा ठाउँ पाएदेखि सारा बेरोजगारी समाप्तै हुन्छ भन्ने पनि लागेको छ । के यस्तै हुन्छ त सारै राम्रो संविधान भएका देशहरु सर्वाधिक समस्यामा छन् । जाति पिच्छेको राज्य टुक्राउँदा पनि ´नै िहंसा र आतङ्क बढ्दै गएका देशहरु पनि छन् । हामीकहाँ त्यस्तै हुन्छ भन्ने छैन । तर अङ्गोला अफगानिस्तान फिलिपिन्स सुडान जस्ता देशहरुको विजोग चिनेर िशÔा लिन पाए ´न् बेस होला । बुद्धको देशमा १३ हजार भन्दा बढी मानिसको ज्यान लिनेगरी सशस्त्र द्वन्द्व होला भनेर कसले कल्पना गरेको थियो र
राज्य कानूनले चल्छ । संविधानलाई माउ कानून भनिन्छ । आमाले जन्माएको हुर्काएको संस्कार सिकाए अनुसारका सन्तती भएजस्तै संविधान अनुसारकै कानून बन्छ र त्यस्तै राष्ट्र निर्माण्ँ हुन्छ । राष्ट्र भनेको भूगोल र जनता मिलेर बन्छ । जातीय भनेको थर होइन बसोबास हो ।
आधुनिक राज्य शासक होइन। सहजकर्ता हो । विकास भन्नुको अर्थ भौतिक विकासमात्र होइन । भौतिक विकासका आवश्यकताको पहिचान गर्न सक्ने त्यसका लागि मानवीय र भौतिक संशाधन परिचालन गर्न सक्ने जनताले मेरो र आफ्नो ठानेर विकासमा संलग्न हुने र गरिएका कामको अनुगमन नियन्त्रण्ँ गर्ने Ôमतालाई विकास भनिन्छ । पहिले सार्वजनिक आवश्यकतालाई ठम्याउनु पर् यो । र अधिकार प्राप्त गर्नुको अर्थ अरुले दिएर मात्र अधिकार पाइने होइन भन्ने पनि बुझ्नु पर् यो । अरुले दिने र आफूले लिने काम त मगन्ते पो हुन्छ । सारा नागरिक स्वयम्मा राज्य हुन् । यसर्थ नागरिकले आफै पूरा गर्न नसक्ने कामहरुमा संयोजन गर्न र सहयोग पुर् याउन सरकारको निर्माण्ँ गरिन्छ । जनता अगुवा हुन र सरकार सहजकर्ता हो । देशको आम्दानीलाई सम्पूण्र्ँ नागरिकलाई बराबरी हकका प्रापक ठानेर साधन स्रोतको बाँडफाँड गर्ने र यो काममा सम्पूण्र्ँ जनताप्रति पारदर्शी प्रकि्रया मार्फत् जवाफदेहीता ग्रहण्ँ गर्ने जिम्मेवारी सरकारमा पर्छ ।
विभिन्न कारण्ँले समाजमा कुनै समूह समूदाय पछाडि परेको हुन्छ । सूचना जानकारी नभएर अवसर प्राप्त गर्न नसकेकाहµ हुन्छन् । गुण्ँस्तरीय िशÔा नपाउनाले प्रतिस्पर्धा गर्न नसक्ने पनि हुन्छन् । आजको युग विश्वस्तरको युग हो । हाम्रो देशमा पास गरेको योग्यतालाई कतिपय देशमा मान्यता दिइन्न । हामी आफै पनि एकअर्कालाई जातपात रहनसहन Ôेत्र वर्गमा छुट्याएर भेदभाव गर्छौं । एकआपसमा हेला गर्ने चलन हाम्रो अविकसित मानसिकताको उपज हो । यसैले सबभन्दा पहिला धनी गरिब जातजाति महिला-पुरुÈ पहाड-तराई आदि भनेर भदेभाव गर्ने चलन हटाउनु पर्छ । विकासको पूर्व शर्त मानसिक र कानुनी दुवै अर्थमा समानता हो ।
अवसरमा समानताको अर्थ न्यायपूण्र्ँ अधिकारमा समानता हो । पछाडि पारिएकाहरुको Ôमता विकासमा बढी ध्यान दिनु प्रत्येक नागरिकको कर्तव्य हो । हुने सक्नेले आफ्नो विकास आफै गर्नुपर्छ । नसकेको हदसम्म जनताले एक अर्कालाई सरकार मार्फत् सहयोग गर्छन् । यस्तो सहयोग गर्न भनेर सरकारलाई कर तिर्छन् । सरकारमा जाने कानून बनाउने बजेट बनाउने र योजना कार्यान्वयन गर्ने प्रतिनिधि छानेर पठाउँछन् । सरकारले पछाडि पारिएकालाई बढी सुविधा र संरÔण्ँ दिनुपर्छ । हामी सबै मिलेर बनेको देशमा सिङगो देश र यसको अनन्तकालको भविष्य सम्´ेर संविधान बनाउनु पर्छ। त्यस्तै सामूहिक जिम्मेवारी र जवाफदेहिताको नयाँ नेपाल बनाउने चिन्तनका साथ नयाँ संविधान बनोस् …प्राचिबाट


0 प्रतिकृया:

Post a Comment