योद्धाहरुको अपेक्षा जनयुद्धको सम्झना - सम्पादकीय

माओवादी सशस्त्र विद्रोह थालनी भएको १६ औँ वर्ष पूरा गरेर १७ औँ वर्ष प्रवेश गरेको छ । २०५२ फागुन १ गते तत्कालीन संसदीय व्यवस्थामा आफ्ना राजनीतिक मागहरु सम्बोधन नभएको भन्दै सशस्त्र विद्रोह गर्न जङ्गल पसेको माओवादी जत्थाले नेपाली राजनीतिक इतिहासमा १० वर्ष युद्ध र वैचारिक राजनीतिक अभ्यास जङ्गलमै गरेको थियो । मध्यपश्चिमााचल क्षेत्रबाट फौजी आक्रमणको रणनीति सहित सत्ता कब्जाको साम्यावादी क्रान्ति थालेको नेपालको माओवादी पार्टीले चीनिया कम्युनिष्ट क्रान्तिको सफलतापूर्ण विरासतलाई नेपाली राजनीतिक मौलिकतामा नयाँ तरङ्गका साथ घोल्ने गरेको वास्तविकता लुकेकॊ छैन राज्यनीतिमा ।
कम्युनिष्ट क्रान्तिका रुस चीन भियतनाम लगायतका कम्युनिष्ट पार्टीहरुको हाँकेका क्रान्ति र युद्धहरुको विजयी धंधगीबाट नेपाली राजनीतिमा थालिएको माओवादी विद्रोहले १० वर्ष सम्म मुलुकको राजनीतिमा सबै खाले प्रभाव पारेको छ । पश्चिमबाट शुरु आन्दोलन मुलुकभर आगोको फििलंगोको रुपमा सल्कियो र डढेलो समेत लाग्यो । एक ढङ्गले नेपालको राजनीतिमा खागको स्थिति उत्पन्न भएको वास्तविकतालाई सबै पक्षले स्वीकार गर्नुको विकल्प छैन । १४ हजार मानिसको ज्यान १० वर्षे विद्रोहका क्रममा गएको र असंख्य मानिस बेपत्ता अवस्थामा छन् जसका बारे राज्य र स्वयम् माओवादी पार्टी स्पष्ट हुन सकिरहेको छैन ।
जनआन्दोलन ०६२÷६३ को राजनीतिक उथलपुथलमा अदृष्ट तर महत्वपूर्ण भूमिका खेल्ने राजनीतिक शक्तिका रुपमा देखिएको माओवादीका लागि १० वर्षे सशस्त्र युद्धको अनुभव र उपलब्धी त्यति मात्र सीमित नरहेको स्पष्ट छ । ऐतिहासिक संविधानसभा निर्वाच्न २८ चैत्र २०६४ मा मुलुककै ठूलो हैसियतको आकार लिने गरी माओवादी पार्टीका पक्षमा जनमत प्राप्त हुनुले पनि १० वर्ष सम्म मुलुकको आमूल परिवर्तनका लागि सशस्त्र संघर्षले खेलेको भूमिका उल्लेखनीय मान्नै पर्दछ ।
शान्ति प्रकि्रयामा जनआन्दोलनको सफलतासँगै अवतरणको यात्रा थालॆको माओवादीको १० वर्षे सशस्त्र संघर्षको भौतिक र फौजी कार्वाहीका शृङ्खला इतिहास बनेका छन् । तर वैधानिक विधिवत र मनोवैज्ञानिक तवरले भने १० वर्षे सशस्त्र विद्रोहको बैठानका लागि अझै केही प्रकि्रयागत विषय र आधारभूत पक्षहरु बाँकी नै छन् यो यथार्थ हो । संघर्षका दौरान जनताका मुक्तिका लागि विद्रोही जत्थाका सैनिक बनेर लडेका लडाकुहरुलाई यतिबेला भ्रमित उज्यालोको खेती गर्नेहरुले अन्धकारपूर्ण भविष्य तिर धकेलिरहेका छन् ।
शान्ति प्रकि्रयालाई टुङ्ग्याएर दीगो शान्ति स्थापनाका लागि प्रयासहरु गरिनुपर्दछ । यस्ता थुप्रै किसिमका प्रयासहरु भएका छन् र भइरहने पनि छन् । तथापि शान्ति प्रकि्रयाको नाउँमा माओवादीका लडाक्रहरु माथि जे-जसरी र जे-जस्ता किसिमले धोकापूर्ण कार्यहरु भइरेका छन् यो कुनै पनि हालतमा स्वीकार्य विषय हुन सक्दैन । मुलुक र जनताका मुक्तिका लागि लड्ने योद्धाहरुको अवमूल्यनले मुलुकको दीगो शान्ति र समृद्धि सम्भव छेन । जनयुद्धको वर्षगाँठ मनाइरहँदा जनयुद्धको दीयोमा तेल थप्ने योद्धाहरुलाई उपेक्षा गरिरहे सम्म जनयुद्धको महत्व माथि प्रहार भइरहने छ ।

0 प्रतिकृया:

Post a Comment