चुलाचुली दुग्धलाई गाई उपहार

चुलाचुली/ इलामको चुलाचुलीस्थित चुलाचुली दुग्ध सहकारी संस्था लिमिटेडलाई ग्रामीण पुनर्निर्माण संस्था आरआरएन ले सोमबार पाँच ओटा गाई उपहार प्रदान गरेको छ ।
सोमबारदेखि संस्थाको कार्यालयमा सुरु भएको दुई दिने गाई व्यवस्थापन तालिमको पहिलो दिन २ लाख ३१ हजार ६ सय ६० रुपैयाँ मूल्य बराबरको गाई प्राप्त भएको संस्थाका अध्यक्ष मणिकुमार केरुङले जानकारी दिए ।
सो कार्यक्रमका बीच आरआरएनका इलाम संयोजक रवि ज्ञावाली र लेखापाल दीपक घिमिरेको उपस्थिति रहेको थियो । त्यस्तै तालिममा संस्थाका ३५ जना शेयर सदस्यहरुको सहभागिता रहेको सचिव रुद्र प्रभातले बताए । तालिममा जिल्ला पशु स्वास्थ्य केन्द्र इलामका पशु चिकित्सक कुमारिसंह खत्रीले सहजीकरण गर्दैछन् । आरआर एनको सहयोगमा जारी तालिमका लागि १३ हजार बढी रकम खर्च भएको र गाईको नियमित अनुगमन तर्फ ५ हजार रुपैयाँ थप आर्थिक सहयोग प्राप्त भएको संस्थाले जनाएको छ ।

0 प्रतिकृया:

Post a Comment