झापा र सुनसरी फाइनलमा

ईलाम/ इलाममा भइरहेको पूर्वााचल क्षेत्रीय स्तरीय पुरुष छनौट फुटबल प्रतियोगितामा सोमबार भएको खेलबाट बिजयी हुँदै झापा र सुनसरी फाइनलमा प्रवेश गरेका छन् ।
पहिलो सेमीफाइनल खेलमा धनकुटालाई ४-१ को गोल अन्तरले हराउँदै झापा विजयी भएको हो । खेल सुरु भएको तीन मिनेट बित्न नपाउँदै धनकुटाका सुदिप उराउले गोल गरेर आफ्नो टिमलाई १-० गोलको अग्रता दिलाएका थिए । तर खेलको १५ औँ मिनेटमा धनकुटामा आत्मघाती गोल भएपछि खेल १-१ को बराबरीमा आएको थियो । ए डिभिजनमा खेल्ने खेलाडीले भरीपूर्ण टिम झापाका तर्फबाट २७ औँ मिनेटमा झापाका विवेक लिम्बूले आफ्नो टिमको तर्फबाट गोल गर्दै खेललाई २-१ को अन्तरमा पुर् याएका थिए ।
त्यसपछि खेलको दोश्रो हाफको पहिलो मिनेटमा मा नै झापाका विवेक लिम्बूले अर्को गोल गर्दै टिमको अग्रतालाई निरन्तरता दिलाए । पुनः १५ औँ मिनेटमा झापाका कर्ण लिम्बूले गोल गर्दै आफ्नो टिमलाई फाईनलको यात्रा पक्का गराएका थिए ।
दोश्रो तथा अन्तिम सेमीफाइनल खेलमा सुनसरीले उदयपुरलाई ५-० अन्तरले हराएको हो । सुनसरीका तर्फबाट कबु राईले पहिलो हाफको १४ औ मिनेटमा गोल गरी खाता खोलेका थिए । त्यसपछि फेरि कप्तान सुरेन्द्र तामाङ्गले १७ औ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई २-० को अग्रता दिलाएका थिए ।
ए डिभिजनमा खेल्ने खेलाडीहरुको बाहुल्यता रहेको सुनसरीका केही अवसर पाएपनि गोल गर्न नसकेपछि हारमा चित्त बुझाउनुपरेको थियो । प्रतियोगिता अन्र्तगत तेश्रो स्थानको लागि आज धनकुटा र उदयपुर बीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।

0 प्रतिकृया:

Post a Comment