हिँड्दा हिँड्दै बाटो मोडियो - मुख्य समाचार

जनयुद्धको सत्रौ वर्ष गाँठ
गोपाल झापाली/ विष्णु पौडेल
दमक/ माओवादीले शुरु गरेको ुजनयुद्धु को १७ औं वर्ष गाँठ मनाउन दमक चोकमा तरखर गर्दै गर्दा त्यहि युद्ध हाँकेका केहि ुसारथीुहरु भने युद्धले थिलथिलो बनाएका मनका बह सुनाउँदै थिए । दमकको थानारोडमा रहेको एक घरको तीनतला माथिको एक कोठामा बस्ने-उभिने बराबर थिए धेरैको भाव एउटै थियो- हामीले पार्टी र ुजनयुद्धुमा लगानी गर्यौ अहिले ब्याज खाने अरुनै भए ।
उनीहरुले त्यो पीडा सुनाएको लगभग ५ घण्टापछि दमक चोकमा ुजनयुद्धुको वर्षगाँठ मनाउनेहरु पटाकाको आवाजसँगै बिजयको गीत गाउँदै थिए तर त्यहाँका कतिपयलाई पटाकाको आवाजले पनि तसा्रयो । कारण उनीहरुलाई युद्धका क्रममा पड्काईएका बम-पटाकाका आवाज कथाका बिम्ब मात्र थिए ।
८ वर्ष अघि तत्कालिन नेकपा माओवादीले चलाइरहेको ुजनयुद्धु मा प्रवेश गर्दा पाँचथर रानीटारका बिनोद राईलाई संसारै जित्ने महत्वकांक्षा थियो । ुजनयुद्धु को तीन वर्षकै अवधिमा उनी डेढ दर्जन भन्दा बढी स्थानमा गरिएका ुएक्सनुमा सहभागी भए । तर जब माओवादी लडाकुकोको पछिल्लो पटक भएको बर्गीकरणमा स्वेच्छिक अवकाश रोजेर विदाबारीको ुचेकु बुझ्दै थिए तब उनलाई जीवन नैं हारेको भान भयो । तीन वर्षको युद्धको मोर्चा र ५ वर्षको शिविर बसाई पछि उनको अहिले बाटो मॊडिएको छ । अब उनी युद्धका क्रममा लागेका घाउहरु मेटाउन आफ्नै गाउँतिर फर्कदैछन् ।
माओवादी सेनाको पहिलो डिभिजन अन्तर्गतको याङ्शिला सहायक शिविरका कम्पनी सहायक कमाण्डर बिनोदको भागमा स्वेच्छिक अवकाश रोजेपछि पहिलो किस्ता बापतको अढाई लाखको चेक परेको थियो । तर उनले त्यो चेक डिभिजन मुख्यालय भित्रको ुहरियो घरु मा बुझाए । हरियो घरबारे उनले प्रस्ट्याए- ुबिशेष समितिका प्रतिनिधिबाट अढाई लाखको चेक हातमा परेको थियो । तर चेक पाउन साथ एक जना सिनियर आएर आउ जाँउ त्यो हरियो घर तिर भने म गएँ । त्यहाँ पुगेपछि चेक मागियो र रकम सहयोग गर्न भनियो । मैलै त्यसपछि त्यहिँ चेक फ्यालेर हिँडे ।ु आफूहरुको मानवअधिकार खोसीएको भनेर अथ्र्याइ रहँदा उनको भनाई थियो-ुजनयुद्ध थाल्दा घर-परिवारका आफन्त बिराना भए अहिले छोड्ने बेलामासँगै युद्ध गर्नेहरु बिराना भए को आफ्नो-को बिरानो केहि पत्तै पाइएन ।ु
२०६४ सालमा लडाकु इलामकी देउकला राईसँग बिवाह गरेका उनकी श्रीमती प्रमाणिकरणमा अयोग्य ठहरिन् । अहिले उनीहरुकी २ वर्षकी छोरी छन् । श्रीमती छोरी हुर्काउँदै छिन् । बिनोदको अब बाटो फेरियो छोरी हुर्काउन श्रीमतीलाई साथ दिने र जीविकाका लागि कुनै व्यवसाय थाल्ने उनको योजना छ ।
मोरङ्को डाँगीहाट-४ की ज्ञानकुमारी अधिकारीको अहिले ठेगाना मात्र बदलिएको छैन ुजनयुद्धु प्रतिको दृष्टिकोण पनि बदलिएको छ । उनी तत्कालिन समयको ुजनयुद्धुलाई अहिले पनि उत्तिकै महान् ठान्छिन् तर आफूहरुको बिदाई प्रकृयामा पार्टीले लिएको नीतिले ठेस पनि लगायो । ुजनयुद्धुमा ३ वर्ष लाग्दा पार्टी वा देशले के पायो वा पाएन उनी ठ्याक्कै भन्न सक्दिनन् तर उनले चाँहि जीवन भरीका लागि सहयात्री पाइन् । उनका श्रीमान् दीपक थापाले अन्तिम वर्गीकरणमा समायोजन रोजे भने उनीचाँहि स्वेच्छिक अवकाशमा जाने निर्णयमा पुगिन् । तर अहिले आफूले पाउने रकमबाट धेरै जसो पार्टी तथा ुजनमुक्ति सेनाु नेतृत्वले लिने भएपछि हार-गुहार गर्दैछिन् ।
ज्ञानकुमारी र बिनोदको जस्तै छ गुनासो पाँचथरको कुरुम्बा-९ का पुरण राई र ताप्लेजुङ सिनाम-५ की कमला बिष्टको । २०५९ सालमा सेण्टअप परीक्षाको तयारी गर्दा गर्दै भीडन्तका गोली-गट्ठाको तयारी गर्न पुगेकी थिइन् कमला । उनले भोजपुरको घोडेटारको लडाँईमा राति हानेको गोलीले कसलाई लाग्यो उनलाई थाह छैन । त्यस्तै भएको कमलालाई अहिले स्वेच्छिक
अवकाश रोजे पछिको अध्याँरो बाटोले कता पुर् याउने हो । ुसंग्रामु थिए कमाण्डरत्यस आक्रमणमाु- छोड्दै गएको बाटो भए पनि उनी अझै सम्झँदै थिईन् ुइलाम चौकी पनि त्यसैगरी कब्जा गयौर्ं ।ु उनले सुन्न त आफूहरुले पहिलो किस्तामा अढाई लाख रुपैयाँ पाउने सुनेकी थिइन् । तर साथीहरुले तोकिए अनुसारको रकम नपाएको सुनेपछि चेक बुझ्न नै नगएको उनले सुनाईन् ।

पुरणले युद्धको अनुभव १ वर्ष मात्रै भोगे । २०६२ सालसम्म पार्टी संगठनको काम गर्ने उनी त्यसपछि छापामारमा भर्ती भएका हुन् । उनले पछिल्लो वर्गीकरणमा स्वेच्छिक अवकाश रोजे । त्यस बापत आफूले पाउनुपर्ने पहिलो किस्तामा अढाई लाख हो भन्ने सुनेका थिए । तर बाटो खर्च बापतको ५ हजार बाहेक कुनै पनि रकम नलिएको उनले सुनाए । भने- ुहामीले पैसाका लागि युद्ध लडेका थिएनौं सम्मानका लागि दिइएको पैसामा पनि आँखा लाईन्छ भने त्यो पैसा लिई रहन आवश्यक ठानिन ।ु
बिशेष समितिले तोकेको रकमको बैक ुचेकु खोसिएको जनाउँदै सडक आन्दोलनमा निस्किएका स्वेच्छिक अवकाश रोजेका लडाकुहरुले आईतबार दमकमा मानवअधिकार कर्मीहरुलाई भॆटेका हुन् । नेपाल मानव अधिकार संगठनका केन्द्रीय सदस्य तथा पूर्वााचल संयोजक डा। केपी सुवेदी सहितका अधिकारकर्मीहरुलाई उनीहरुले तोकिएको रकम पाउनु आफूहरुको अधिकार रक्षा गरिदिन आग्रह गरे । स्वेच्छिक अवकाश रोजेका लडाकुहरुद्वारा गठित जनमुक्ति सेना नेपाल पहिलो डिभिजन संघर्ष समितिका सह-संयोजक रामकुमार लिम्बूले आफूहरुको माग सुनुवाई नभए पार्टी नेतृत्व बिरुद्ध नै आन्दोलन थाल्नुको बिकल्प नभएको बताए । फोटो ः आइतबार अधिकारकर्मीहरुलाई आफ्नो समस्याहरुबारे जानकारी गराउँदै स्वेच्छिक अवकाश रॊजेका लडाकुहरु ।

0 प्रतिकृया:

Post a Comment