नेविसंघको हाजिरीजवाफ

धरमपुर/ धरमपुरस्थित मोति उच्च मा।वि। मा सोमबार नेपाल विद्यार्थी संघ धरमपुर इकाईको आयोजनामा अन्तर उच्च मा।वि। स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
नेपाली कांग्रेसकी महासमिति सदस्य महेन्द्रकुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश प्रसाई नेका धरमपुर गाउँ सभापति बिनोद ढकाल पिपुल्स टाइम्सका प्रबन्धक गोकुल श्रेष्ठ नेपाल विद्यार्थी संघ झापाका जिल्ला सदस्य रोशन बिष्ट मोति उच्च मा।वि।sा प्राचार्य शान्तिराम भट्टराई नेका दमकका सह-सचिव बिक्रम अधिकारी वाणिज्य संघका सदस्य सन्तोष अधिकारी मोति मा।वि। व्यवस्थापन समिति अध्यक्ष धर्मराज सुवेदी नेविसंघ दमक बहुमुखी क्याम्पसका सभापति मनोज कार्की सचिव नवराज ढकाल र सदस्य तुलसी भट्टराई लगायतको आतिथ्यता रहेको थियो ।
प्रतियोगितामा जन आदर्श उच्च मा।वि। शिवगाज प्रथम कमला मदन आश्रित उच्च मा।वि। दोस्रो र धर्मभक्त उच्च मा।वि। तेस्रो तथा दमक बहुमुखी क्याम्पस सान्तवना भएका छन् । नेविसंघ मोति उ।मा।वि। इकाई सभापति प्रकाश अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव आयुष बोहोराले साचालन गरेका थिए भने बिजयी प्रतियोगीहरुलाई विद्यालयका प्रधानाध्यापक खगेन्द्रप्रसाद अधिकारीले बधाई दिएका थिए ।

0 प्रतिकृया:

Post a Comment