दमकेली कान्छाको बिहे - हाङ्ग्देवा डट कम

देवेन्द्र भट्टराई
अन्ततः कान्छाले बिहे गर् यो ।
ुकोही रिसाउँदा हानी नहुने र खुसाउँदा फाइदा नहुनेसँग डराउनु पर्दैन…।ु बिहे गरेलगत्तै गाउँमा भेटिएका निकटस्थ भट्टराई पण्डित माल्दाइले संस्कृत श्लोक सम्झन सकेनन् । बरु नेपालीमा यो भावार्थ मात्रै सुनाए ।
हो यसपाला कान्छाको बिहा प्रकरणले धेरैजना रिसाए थोरै मात्रै खुशाए । उमेरमा ३० नाघेपछि कान्छाले एउटा नसोचेको साइतमा बिहा गर् यो । परमपूज्य पिताजीको श्राद्ध-कर्म गरिरहेका बेला ुकान्छा बिहा कहिले गर्ने ु भनेर जिज्ञासु बन्ने पुरेतहरु आकस्मिक बिहाको खबर सुनेपछि ुकान्छाले जीवनमा आत्मसमर्पण गर् योु भन्दै खुशीमा उपि्रुए भने कान्छाको आश गरेर बसिरहेका केही कान्छीहरु भने लास्टै रिसाएको खबर समेत आयो । एउटा कुरा के भने यो काठमाडौं शहरमा मानौं शान्ती प्रकृया संविधान लेखन वा हतियार व्यवस्थापन कुनै समाचारका बिषय रहेनछन् भनेजस्तो भयो । यो कान्छाको बिहाको खबर सुनेर अफगानस्तानको काबुलमा बसेर जर्मन समाचार संस्थाका लागि ुखबरीलालु काम गरिरहेको मित्र सुवेल भण्डारी हाम फालेर काठमाडौं खाल्डो आइपुगे । र सर्वहारा टाइपको बिहाको सानो पार्टीमा देखा पर्नासाथै कान्छाकी कान्छीतिर फर्केर उनले ऐलान गरे-ुभाउजू तपाई फस्नुभयो है…†ु
लौ मार् यो । यही मित्रसँग केही बर्षअघि अमेरिका भ्रमणमा गएका बेला सेक्स म्युजियमदेखि चाइनिज सेक्स-मार्केटसम्म धाएको सम्झना आँखामा झल्झली उत्रियो । कुरा गर् यो कुरैको दुःख ।
œ 
गएको दशैंमा दार्जीलिङतिर भेटिएका लेखक आइबी राईले गजबको किस्सा सुनाएका थिए । ुअन्ता कान्छा भाइ-मेरो त पुच्छर काटिएको बहुत साल भयो नि…हिसाब गर्दाउँदी ६० बर्ष पुगेछ पुच्छर निमोठेको…†ु उमेरमा ८४ नाघेका आइवीको कुरो थियो ।
लेखनमा आयाम र लिलाका अनेक कुरा गरिरहने आइवीको यो ुपुच्छर-प्रकरणु बुझ्न निकै कठीन पर् यो । कुरोको चुरो पहिल्याउन नजिकै उभिएको कान्छाले सोधीहेर् यो-ुयो कस्तो पुच्छर होला सर ु
अनि कुरा निस्कियो पुराण-बाचन शैलीमा । ुकुरा उहिलेको हो । एउटा छुद्रमतिको श्याल घना जंगलमा उपि्रुपाप्रुी गरिरहेको रहेछ । के-कसो गर्दा एउटा रुखको कापमा उसको पुच्छर अड्किएर च्वाट्टै चुँडिएछ । ओहो अब के गर्ने कसोकसो झारपात बुट्ट्यानमा लुकीवरी धेरै दिनपछि त्यो पुच्छरको कापमा उछ्रेको घाउ निको भएछ । अनि फेरि आफ्नै हुल र बथानमा मिसिनैपर् यो । तर के गर्नु र हुलमा भेटिएका अन्य श्याल दाजुभाइ-दिदीबहिनीहरुले पुच्छर बिनाको लिँडे आफन्त देखेपछि खिल्ली उडाउनु उडाएछन्- उफ्…यसको त पुच्छरै छैन लौ हेर है… पुच्छरै छैन ।ु
तब पुच्छर चुँडिएको श्यालले आइडिया निकालेछ समावेशी आइडिया । ुहे दैब † तिमेरुलाई के थाहा र यसरी पुच्छर भएन भने भुईमा सरक्क बस्न पनि सजिलो हुन्छ जुरुक्क उठ्न पनि उस्तै काइदा हुन्छ । तिमेरु मुर्खहरुलाई के भन्नु र ख्वै …††ु

अनि ुहोला ता निु भन्दै जंगलमा रहेका सबै श्यालहरुले खुरुखुरु एकअर्काको पुच्छर चुँडाउने काट्ने अभियानै थालेछन् । कुरा यत्ति हो । तर कुराको सार भने गहिरो निस्कियो । यो ुविवाहु भन्ने जिनिस ठ्याक्कै यस्तै रहेछ आइबी सरका अनुसार । यो समाजमा बिहा नगरी बस्यो भने र आफूलाई ुसाधु-सन्त-कुमार-राधेराधेु भनेर चिनाउन थाल्यो भने घरजम गरिसकेकाहरुले हुर्मत लिनु लिँदा रहेछन् । प्राणपखेरु उड्नु अघिल्लो दिनसम्म पनि ८४ नाघिसकेका सन्त नेता किसुनजीलाई हुने-नहुने अनर्गल बात लगाए झैं †
यो स्याल-किस्सा सुनिसकेको रहेछ अहिले अमेरिकी एनआरएन बनेको मित्र साजय घिमिरेले । कान्छाको बिहाको हल्ला सुनेर अमेरिकाको क्यालिफोर्निया शहरबाट एकसाँझ साजयले फोन गर् यो । र धेरै बर्षपछि खुलेर हाँस्न पाएकोमा अझ हाँस्दै उसले भन्यो-ुए कान्छा तिम्रो पनि पुच्छर काटियो है अब…तिमी पनि मजस्तै भयौ…हेहेहे…ु
œ 
ुआफ्नो दुःखमा भन्दा अरुको सुखमा चिन्तित बन्नु शायदै एक खालको मानव-स्वभाव पो हो कि कुनैदिन कान्छाले बिहे गरेको खबर सुनेमा दुइवटा खशी काटेर छरछिमेकमा भोज लगाउने ऐलान पनि यो शहरमाझ सुनिएकै हो । कान्छाले बिहा गरेको दिन आफैं सहनाइ बजाउँदै चक्रपथको सडकै-सडक कुद्ने उद्घोष पनि यतैकतै सुनिएको हो । तर त्यो दिनमा कसले कति खशी काटे अथवा को सडकमा दौडन निस्किए- त्यसको भने हेक्का मिल्न सकेन । सुनिएअनुसार खशी काट्ने ुफर्मानु चलाउनेहरुले अन्तिममा बोइलर कुखुरो काटेर मनशान्ति गराएर रे भन्ने सुनिएको थियो ।
हो कान्छाको बिहाको खबर भुसको आगोसरी फैलिसकेको थियो । पुर्वेली पिपुल्स टाइम्सदेखि पुर्व सन्देशसम्म दनादान कान्छाको बिहाका बिज्ञापन छापिन थालेका रहेछन् । दमक बजारमा आयुर्बेद उद्यम गर्ने गणेश न्यौपानेदेखि बिर्तामोडमा मसला उद्योग धानेर बस्ने सुवास खतिवडासम्मका फोनहरु तारन्तार आइरहेका थिए । एकदिन दमकको संगम स्वीट्समा भेटिए भाङबारी स्कुलका केही पुरुष शिक्षकहरु । पुराना जानीमानी कमल शिवाकोटी सर पनि पुच्छर काटिएका अर्का ुछिप्पट-श्यालु रहेछन् जो जीवनको गुढ कुरा भन्दै थिए-ुउफ् † यो बिहा श्रीमती छोराछोरी भनेको समुद्र रहेछ है साथीभाइ हो बहुत अपार समुद्र । म भन्दैछु नि- त्यहाँ मोती भेटिएला भनेर पौडन थालेको यत्तिका बर्ष भयो तर के भेटियो त भनेर भन्दा म भन्नै सक्दिन है…।ु
ओहो † कान्छाको बिहाको खबर खोसेलाको राँकोसरी माथि चपेटी ढुकुरपानीतिर पनि पुगेको रहेछ । अर्को एउटा साइतमा ढुकुरपानी नाकाको लाल-द-बाबु लालबहादुर खतिवडा निवासमा सम्साँझै फायर-क्याम्प सुरु भयो । त्यहाँ जानीमानी पात्रहरु भेटिए तर अधिकांस भने पुच्छर काटिएका श्याल झैं हतास-उदास लाग्थे । तीमध्ये पशु डाक्टर कु।ख।कुमार खड्काको कुरा निकै गतिलो थियो जीवन-व्याख्याको कुनै नयाँ सिद्धान्त पहिल्याए झैं । दुइ छोराछोरीका बा भैसकेका ३० बर्षे कु।ख।sाे जीवन निचोड आफ्नै काइदाको थियो उनी लाल-द-बाबुको घन्सीघारीतिर हेर्दै एकसुरमा भनिरहेका थिए-ुसुन साथी हो बिहा नगरीन्जेल हामी दुइखुट्टे मान्छे हौं । बिहापछि हाम्रा चार खुट्टाश्रीमान-श्रीमतीका गरेर हुन्छन् अनि हामी पशु बन्छौं । छोराछोरी भएपछि खुट्टा छ÷आठ हुँदै थिपंदै जान्छन् । अनि हेर्दाहेर्दै माकुरो पो होइन्छ है साथीभाइ हो । म चाहीं त्यही माकुरोजस्तो जालोमा तुन्द्रु्रङ्ग उनिएर संसार हेर्दैछु है…यो कुरो कसले कत्तिको बुझेको छ कुन्नि म भन्दैछु नि…साला यो माकुरो जिन्दगी…ु
होश-बेहोस जे-जता र जसरी बोलेको भएपनि डा।sुखको कुरो मर्मभेदी थियो । लाल-द-बाबु निवासमा भेला भएका कुख सुख जयराज टाइसन माल्दाइ निर्मला भाउजुसहितका आफन्तजनहरुले लाल-द-बाबु निवासमा बोलाएर कहींकतै यो कान्छालाई ुपशु-उपमाु पो दिन लागेका रहेछन् कि जस्तो भान पनि पर् र्यो । तर जे होस् कुरो भने निकै ुटेसिलोु थियो ।
œ 
ुटपाईंले जे गर् यो ठीकै गर् यो । यहाँ बट्टी छैन पानी छैन पेट्रोल छैन ग्याँस छैन । सपना छैन बिपना छैन । अनि के छ त भन्दाखेरि दिनरात हरदम लोडसेडिङ् छ अनि टपाईसँग साथमा कान्छी छ । हेहेहे… लौ लौ जे गर्नुभो ठीकै गर्नुभोुउमेरमा ७० नाघेका कान्छाका बृद्ध सहकर्मी चेतबहादुर िसंहले भनेको कुरामा पनि दम थियो । तर लोडसेडिङ् र कान्छीभन्दा पर्तिर पनि दुनियाँ छ भन्ने हेक्का चेत दाइको चेतनाले भुलीपठाएछ क्यार ।
ओहो † पाटन बखुम्बहालका अष्टमान दाइको पसलबाट ग्याँस सिलिन्डर ल्याउनु छ ढोकैमा क्याफे पर्तिरबाट अक्वा पानीको जार ल्याउनु छ । महाबौद्धबाट कुचो र काँटा-चम्चा ल्याउनु छ । केदारभक्त माथेमा सरकहाँ गएर एभोकाडो फल ल्याउनु छ कुमार आलेकहाँ गएर भीरमौरीको मह । मदन राईले रतन्छा खोटाङको स्कुस ल्याइदिएको छु भन्थे । टेकबीर मुखियाले मुँग दालको पकौडा खान बोलाएका छन् । बीना गुरुङ म्याडमले रायोको डुकु हालेको बँदेलको शिकार खान निम्तो दिएकी छिन् । गणेश रसिक भने इलामे चिया र बम्बइसन लिएर आउने भएका छन् रे । पवित्रा नेपालले सिन्की र अकबरे अचार पठाइदिएकी रहिछन् । चाचा क्याफेको बुद्धले त्रिशुली फिस्लिङका माछा खान बोलाएको बालायै छ क्यारे । अझ आफ्नै कान्छीको फर्माइसमा होनोचाबाट पिरो आलु र बारा किनेर ल्याउनै छ । संगम स्वीट्सको मिल्क-केक फर्माइसमा छँदैछ । साँच्चै अब भने यो जिन्दगी अनेक ुथोक खुद्रा र होलसेलु जिनिसको जोहो गरेरै बित्ला जस्तो छ । ुऔर भि गम है इस दुनियामें मोहब्बत के सिवा…ु-उसै भनिएको रहेनछ कान्छालाई अहिले पुरापुर लाग्न थालेको छ ।
œ 
बिहा कर्मपछि गाउँखर्क घुमेर काठमाडौं खाल्डो छिर्न के पाएको थियो कान्छाको मोबाइलमा एउटा सन्देश खुत्रुक्क आइपुग्यो । जीवनदेखि साँच्चिकै हत्तुहैरान बनेका बीरगंज घर भएका ती आफन्त गिरिश गिरी अरु धेरै कुराहरुमा निराश देखिएपनि कान्छाको बिहाको खबरमा भने निकै प्रफुल्ल लाग्थे । तिनको एसएमएसले भन्थ्यो-ुलौ है हामी दौडिरहेको यो शहीद-मैदानमा तिम्लाई पनि स्वागत छ है कान्छा… राधेराधे…†ु
उफ † जिन्दगीको नयाँ मोड रोजिएको यो घडीमा उदासी र हैरानीका यति बिध्न पात्रहरु गौंडैपिच्छे किन भेटिएका होलान् बरु संगीतकार अम्बर गुरुङले ुस्याबास कान्छा र कान्छीु निबन्धमा लेखेजस्तो स्याबासी पाउने गुढ-मन्त्र पो पढीटोपल्नु पर् यो जस्तो लाग्यो । हो पनि निकै रोमान्टिक सुरुवात भेटियो निबन्धमा । एउटा रमाइलो लोकगीतको सुरुवात छ यसमा अनि व्याख्या छ यस्तो-ुरोमान्टिक धारामा रचिएको यो गीतको दुइ लाइनमा मात्र पनि इतिहास र संस्कृतिको संरचना भने प्रसस्त मात्रामा पाइन्छ । जस्तो- कान्छा र कान्छी भन्नाले केटापट्टिका प्रेमी ुकान्छाु र केटीपट्टिका प्रेमिका ुकान्छीु भएकी हुनुपर्छ अथवा त्यसो नभएर कान्छाका अरु जेठी माइली सँगीहरु भएपनि अन्तिम प्रेयसी भने ुकान्छीु नै हुनुपर्छ । ुवनको वाटोु भन्नाले सबै िहंड्ने मूलबाटो नभएर जङ्गलको बाटो समातिएको हुनुपर्छ । फेरि लालटिनै बालेर अहिले जारी लोडसेडिङ्सँग मिल्दो भन्नाले दिन नभएर रात नै भएको हुनुपर्छ…।ु
अब अम्बरले छानेको लोकगीततिर लागौं । त्यो गीतको मुखडाले भन्छ-
ुकान्छाले कान्छीलाई लग्यो
वनको बाटो
लालटिनै बालेर…ु
जबलनमभधब२नुबष्ि।अयु

0 प्रतिकृया:

Post a Comment