प्याब्सनको कार्यक्रम शुरु

रवि/ पाँचथरको सप्तमीमा प्याब्सनको पाँचथर क्षेत्र नम्बर २ ले आईतबार नृत्य र हाजिरीजवाफ कार्यक्रम गरेको छ ।
नृत्य तर्फ माउन्ट काचन बोर्डिङ्ग रवि प्रथम सनराइज बोडिङ्ग यासोक र पाँचथर विद्या मन्दिर आङसाराङ तेस्रो भए । त्यस्तै हाजिरीजवाफ तर्फ सनराइज प्रथम माङजाबुङ बोर्डिङ्ग दोस्रो र माउन्ट काचन तेस्रो भए ।
न्यू मोर्डन अर्गनाइजेसन अफ इङ्लिस बोर्डिङ्ग स्कूल आयोजक रहेको कार्यक्रममा प्याब्सनका केन्द्रीय पार्षद् डि। एस। सुब्बाको प्रमुख आतिथ्य रहेको थियो भने अध्यक्षता पार्षद् सूर्य लावतीको रहेको थियो । कार्यक्रममा नरेन्द्र पोख्रेलको साचालन रहेको थियो भने स्वागत जहरमान लिम्बूले गरेका थिए ।

0 प्रतिकृया:

Post a Comment