इटहरीमा माओवादीको सभा - उपमुख्य समाचार

'स’ को व्यवस्थापन चुनौती- बादल
इटहरी/ एनेकपा माओवादी महासचिव रामबहादुर थापा बादलले धेरैवटा ुसु का कारण देशमा समस्या भएको बताएका छन् ।

संविधान शान्ति सेना सदन सडक संघर्ष सहमति जस्ता स बाट बनेका शब्दलाई उचित व्यवस्थापन गर्न नसक्दा देशमा असहज स्थिति लम्बिएको नेता वादलको भनाई थियो । १७ औं जनयुद्ध दिवस मनाउन इटहरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बादलले वास्तविक शान्ति माओवादीले चाहेको बताएका छन् । ुतर आज शान्ति चाहिएको छ भन्दै केही सुविधाभोगीहरुले प्रचारबाजी गरेपनि माओवादीलाई वास्तविक शान्ति चाहिएको बताए । सुविधाभोगीलाई त शान्ति नै छ तर उत्पीडित समुदायलाई पो अब शान्ति चाहिएको छु उनले स्पष्ट पारे ।
वादलले सेना समायोजन कार्य सम्मानजनक ढंगले नभएमा जनयुद्ध नगर्ने जनविद्रोह हुने बताए । आफ्नो दलभित्रको अन्तरसंघर्ष हुँदा भोज खानेहरु अहिले अतालिएको बताए । हाम्रो एकता कार्य जनताको लागि चाहिएको छ । ुएकता भयो अब हामी कार्यकर्ता हुँदै जनतासम्म हाम्रो एकता कार्य बढाउछौंु बादलले भने । उनले संविधान तोकिएको समयमा वन्न नदिन केही प्रतिगामीहरुले अवरोध गरेको आरोप लगाउँदै तोकिएको समय सम्ममा संविधानको मस्यौदा सम्म आउने बताए ।
यसअघि जनयुद्ध सुरु भएको स्मरण गर्दै उनले भने रोल्पाको होलेरी प्रहरी चौकी आफ्नो कमाण्डमा भएको बताउँदा उनी भावुक मुद्रामा देखिएका थिए । जनयुद्धकै कारणले राजतन्त्र हटेको बताउँदै अब अन्तिम पटक नयाँ होलेरीमा आक्रमण गर्न बाँकी रहेको उल्लेख गरे । उनले सबै जाति वर्ण भाषा लिङ्ग क्षेत्रका जनताको जित गराउन आफ्नो दल लागिपरेको बताउँदै त्यो जित हुनु नै नयाँ होलेरीको जित हुने बताए ।
सामना सांस्कृतिक परिवारले वक्तव्यको बीचबीचमा गीत तथा नृत्य प्रस्तुत हुँदा कार्यक्रमको आकर्षण बढेको थियो । त्यसैगरी कार्यक्रममा नेपाल गणतान्त्रिक खेलकुद माचका खेलाडीहरुले पनि आफ्नो खेल प्रदर्शन गरेका थिए । किरात लिम्वुवान मधेश र कोचिला राज्य समितिबाट हजारौंको संख्यामा कार्यकर्ताहरु सहभागी थिए ।
कार्यक्रममा माओवादी मधेश ब्युरो इाचार्ज गिरीराजमणि पोखरेल कोचिला राज्य समिति इाचार्ज हरीबोल गजुरेल केन्द्रीय सदस्य धर्मचन्द्र लावती केन्द्रीय सदस्य नन्दकुमार प्रसाईं मधेशी राष्ट्रिय मुक्ति मोर्चाका उपाध्यक्ष शिवकुमार मण्डल केन्द्रीय सल्लाहकार कुन्ता शर्मा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सभाध्यक्ष कोचिला राज्य सह-इाचार्ज प्रल्हाद बुढाथोकीले गरेका थिए । फोटो ः ुजनयुद्धु दिवसको अवसरमा माओवादीले आयोजना गरेको सभाका सहभागीहरु । इन्सेटमा पार्टी महासचिव बादल ।

0 प्रतिकृया:

Post a Comment