धिमाल जाति विकास केन्द्रको अधिवेशन

उर्लाबारी/ धिमाल जाति विकास केन्द्रका संस्थापक अध्यक्ष तथा पूर्व सांसद कर्णबहादुर धिमालले देश बहुभाषिक र बहुधार्मिक भएकाले अब बन्ने संबिधान पनि सोही अनुरुप बन्नु पर्नेमा जोड दिएका छन् ।
मोरङको उर्लाबारीस्थित मंगलबारेमा सोमबारबाट सुरु भएको धिमाल जाति विकास केन्द्रको चौथो महाधिवेशनमा सम्बोधन गदै उनले सो कुरामा जोड दिएका हुन् । सम्पूर्ण भाषा सस्कृति र धर्मलाई समेटेर संबिधान आएमात्र देशले निकास पाउने बताउँदै त्यस्तो हुन नसके बिद्रोह हुने चतावनी उनले दिएका छन् । त्यस्तै सभाषद् भिष्म धिमालले जातिको पहिचान भनेकै भाषा भएकोले भाषाको विकास र संस्कृतिको जर्गेडाको लागि धिमाल समुदाय एकजुट हुनुपर्नेमा जोड दिए ।
अर्का सभाषद् नगेन्द्र धिमालले यस भूमिका भूमिपुत्र धिमालहरुको पक्षमा संबिधान बनुपर्ने कुरामा जोड दिदै धिमालहरुको छुट्टै प्रदेश आवश्यक रहेको बताए । सोही अवसरमा मिस धिमाल अनु धिमालसहित संस्थापक कर्णबहादुर धिमाल नरेन्द्र धिमाल गणेश धिमाल लगायत १३ जनालाई सम्मान गरिएको थियो । ३ दिनसम्म चल्ने महाधिवेशनमा ९२ टोल समिति ४ क्षेत्रीय समिति र ४ जिल्ला समितिका २ सय ५० जना प्रतिनिधि सहभागी रहेको आयोजक समितिका उपाध्यक्ष कुमार धिमालले बताएका छन् । अधिबेशनले अध्यक्ष बरिष्ठ उपाध्यक्ष ४ उपाध्यक्ष महासचिब सचिब कोषाध्यक्ष र ९ विभागसहित ४१ सदस्यीय नयाँ कार्य समिति समेत चयन गर्नेछ ।

0 प्रतिकृया:

Post a Comment