सलिरापको समिति बिस्तार

महारानीझोडा/ माच सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्ले महारानीझोडाका विभिन्न वडामा आफ्नो संगठन बिस्तार गरेको छ ।
बिस्तारित महारानीझोडा १ नम्बर वडा समिति त्रिवेन्द्रहाङ इङनामको अध्यक्षतामा ९ सदस्यीय रहेको छ । उपाध्यक्ष सचिव र कोषाध्यक्षमा क्रमशः साजोक दास लक्ष्मण थापा र मनकुमार थापा चयन भए भने सदस्यहरुमा तान्छोहाङ इङनाम सतिस दास र सन्देश सुब्बा छन् ।
त्यस्तै ३ नम्बर वडामा सङ्गित चौधरीको अध्यक्षतामा ९ सदस्यीय समिति बिस्तार भएको छ । समितिका उपाध्यक्ष सचिव सहसचिव र कोषाध्यक्षमा क्रमशः उमा चौधरी मिलन खड्का महेश चौधरी र रमेश चौधरी छन् भने सदस्यहरु डम्बर चौधरी लोकबहादुर चौधरी अर्जुन राजवंशी र अशोक राजवंशी छन् ।
महारानीझोडाकै वडानम्बर ४ मा चन्द्र सुब्बाको अध्यक्षतामा समिति बिस्तार भएको छ । समितिका उपाध्यक्ष सचिव सहसचिव र कोषाध्यक्षमा क्रमशः ओमप्रकाश श्रेष्ठ कृष्ण सोरेन गंगा राई र सङ्गीता बिक छन् । सदस्यहरुमा खिला सुब्बा धनकुमार श्रेष्ठ श्याम मर्डी फुलकुमारी मगर र डम्बर ऋषिदेव रहेका छन् ।
त्यस्तै परिषद्को भातृसंगठन लिम्बुवान भोलेन्टियस्रको ३ नम्बर वडा बिस्तार गरिएको छ । दीपु राईको अध्यक्षतामा बिस्तारित समितिका उपाध्यक्ष सचिव सहसचिव र कोषाध्यक्षमा क्रमशः रविन श्रेष्ठ युवराज दाहाल प्रविण चौधरी र सविन श्रेष्ठ रहेका छन् । त्यस्तै सदस्यहरुमा मेघराज चौधरी विशाल राई नारायण सुवेदी सुमित चौधरी अनिष चौधरी र अर्जुन श्रेष्ठ रहेका छन् । कार्यक्रम परिषद्का गाउँ सल्लाहकार कृष्णबहादुर सेन्दाङको अध्यक्षतामा सम्पन्न भएको थियो भने साचालन गाउँ सचिव देवेन्द्र इङ्नामको रहेको थियो ।

0 प्रतिकृया:

Post a Comment