एक भारतीय माथि खुकुरी प्रहार

चुलाचुली/ भारत विहारको दरभंगा स्थायी घर भई दमक डेरा गरी बस्ने एक भारतीयमाथि सोमबार खुकुरी प्रहार भएको छ । कुल्फीको ब्यापार गर्ने उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
ब्यापारको क्रममा इलामको चुलाचुली-७ स्थित शान्ति चोक पुगेका ३० वर्षीय अमरनाथ स्वामीलाई स्थानीय भीम आङ्थुपो र अमर लावतीले खुकुरी प्रहार गरेको चुलाचुली प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक चतुर्भुज घिमिरेले जानकारी दिए ।
प्रनानि घिमिरेका अनुसार स्वामीलाई खुकुरी प्रहार गर्नेमध्ये आङ्थुपोलाई सोमबार नै प्रहरीले ब्यापक खोजी गरी पक्राउ गरेको छ भने लावती अझै फरार रहेको र उनको खोजी जारी रहेको छ ।
टाउको घाँटी र दुवै हातमा खुकुरी प्रहार गरिएका स्वामीको दमकस्थित आम्दा अस्पतालमा उपचार सम्भव नहुँने भन्दै अस्पतालले रेफर गरे पनि उनका नजिकका आफन्त नभएकाले थप उपचार सम्भव नभएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका आङ्थुपो यसअघि आगजनी बलात्कार लगायतका घटनाहरुमा संलग्न रहेको बताइएको छ । ३ महिना अघि स्थानीय एक महिलालाई बलात्कार गर्न खोज्दा प्रतिकार गर्ने पीडित महिलाका आफन्त माथि समेत
उनले खुकुरी प्रहार गरेका थिए । हाल सोही आरोपमा खारेख खेपिरहेका आङ्थुपोलाई सोमबार नै इलाका प्रहरी कार्यालय दमकको जिम्मा लगाइएको बताइएको छ ।

0 प्रतिकृया:

Post a Comment