उपहार घडिदेखि तिलहरी सम्म - प्रेम प्रणय

चार वर्षको प्रेम दिवश मनाएको सुवास-अर्चनाको जोडी ३ वर्ष अघि प्रणय शुत्रमा बाँधिएको हो ।
चारवर्षे प्रेममय अवधिमा उनीहरुले तीनओटा प्रेम दिवश चाँहि मज्जैले मनायो । नेपाल जेसीजका केन्द्रिय कोषाध्यक्ष समेत रहेका सुवासचन्द्र भट्टराईले कजेज पढ्दै गरेकी अर्चना दाहाललाई पहिलो पटक घडी उपहार दिएका थिए । त्यस पछि भेट्ने र उपहार दिने क्रम निक्कै बाक्लियो । कतै टाढा जाँदा पनि पहिले एक-अर्काको अनुमति लिने क्रम शुरु भयो । यस वर्षको प्रेम दिवशका दिन काठमाण्डौमा रहेका सुवास ५ वर्ष अघिको प्रेम दिवश सम्झन्छन्-ुसंसारमा सवै भन्दा वलवान भनेको समय हो त्यहि कुराको बोध गराउन मैले उनलाई घडी उपहार दिएको थिँए । समयैका कारण मैले यस वर्षको प्रेम दिवशमा उनलाई समय दिन सकिन ।ु
साचार माध्यमले नजिकियाउँदै गरेको समय थियोसुवास-अर्चनाको प्रेमले पँखेटा हाल्दै गर्दा । बारम्बार भेट भई रहन नसके पछि सुवासले पुन ः उपहार दिए मोवाईल सेट । त्यस पछि खास समय बाहेक मनका कुरा गर्न भेटि रहनु पर्ने बाध्यता पनि हरायो । उपहार दिने क्रम बढे सँगै पछिल्लो वर्ष मात्र उनले अर्चनालाई तिलहरी उपहार दिएका छन् । उनले भने- ुबिवाहको समयमा तिलहरी दिन पाईन्ा गत वर्ष चाँहि उपहारकै रुपमा उनलाई त्यो पनि दिँए ।"

प्रेम शुरुमा लोकिचोरीनैं भयो । डेटिङ्मा गएको खासै याद छैन अर्चनालाई । जेसीजको नेतृत्व पङ्तीमा थिए सुवास उनीहरुको प्रेमले आकार लिईरहँदा । अर्चनालाई पनि जेसीजका कार्यक्रममा निम्ता गर्न थाले सुवास । त्यसै बेला दमक जेसीजले प्रेमका बिषयमा खुल्ला कविता प्रतियोगीताको अयोजना गर् यो बनभोज पनि लग्यो । त्यहाँ पनि सुवास र अर्चनालाई मनका कुरा आदन-प्रदान गर्ने अनुकुलन मिल्यो ।
दाहाल र भट्टराई परिवार दमक-१० का पुराना बासिन्दा हुन् । त्यसैले टाढा नगएका बेला भेट्न खासै मुस्किल हुने थिएन । झनै प्रेम दिवस कहिले आउँछ भनेर एक महिना अघि देखिनैं सुवास आँैला भाँच्ने गरेको सुवास सुनाउँछन् । तर अहिले प्रेम दिवसको महत्व घटे जस्तो भएको छ यो जोडीलाई । ुप्रेम दिवसमा म पनि उनी सँगै रहन्छु भन्ने त चाहना थियो तर व्यस्तताले दिएन ुसुवासले भने ।

सुवास-अर्चनाले एक धार्मीक स्थानमा बिवाह गरे । बिबाहका लागि छुट्ट्याएको ८ लाख रुपैयाँ सुवासले बिभिन्न सामाजीक कार्यमा खर्च पनि गरे । अहिले यो जोडीको एउटी छोरी छन् । अर्चना बैंककी जागेरी हुन् । अर्चनाको भनाई छ- ुनानी भए पछि त सवै मायाँ उतै खनिदो रहेछ पहिले छोरीका लागिनैं उहाँले पनि ध्यान दिनु हुन्छ ।ु प्रेम प्रस्ताव पहिले सुवासलेनैं राखेको अर्चना सुनाउँछिन् । प्रेम प्रसंगको कुरामा थोरै लजाएकी उनले भनिन्- ुउहाँले प्रस्ताव राखे पछि केहि समय पछि मैले पनि स्विकारेँ अनि बिस्तारै त्यसले बिबाहको स्वरुप लियो ।ु उनीहरुको बिबाह पनि त्यसबेला समाचारको बिषय बनेको थियो ।

बिदेशबाट भित्रिएको प्रेम दिवस संस्कारलाई देश-भुगोल सुहाउँदो बनाउन आवश्यक रहेको सुवासको भनाई छ । बिभिन्न व्यवासायको अनुभव संगाली रहेका उनी प्रेम दिवशमा हुने व्यवसाय पनि देश अनुकुल पार्न सुझाउँछन्- ु प्रेम दिवसका दिन लाखौं रुपैयाँको फूल र कार्डहरुको कारोबार हुन्छ कमसे कम हामीले प्रेम दिवशका लागि आवश्यक फूल स्वदेशमानैं उत्पादन गर्न सक्यौ भने धेरै नेपालीलाई आत्म निर्भर बनाउन सहयोग पुग्ने छ ।ु यस्ता दिनहरुले दाम्पत्य जीवनलाई अझ कसिलो पार्न र आत्मियता बढाउन सहयोग गर्ने यो जोडीको बुझाई छ ।
प्रस्तुती ः बिष्णु सुब्बा

0 प्रतिकृया:

Post a Comment