गरीबीले थिचिएकी गर्भवती

सन्दीप राई
फिदिम/ ण्डै-´ण्डै आफ्नो ज्यान जस्तै गरुङ्गो भारी बिसाउँदै उनले निधारको पसिना पुछिन् । माघ महिनाको जाडोमा पनि उनको शरीर निथु्रक्क भिजेको थियो । मानौ उकालो र थकाइले उनको पूरा शरीर पगालिरहेको थियो । आफ्नो मात्र ज्यान भए पो । दुई महिनापछि जन्मने ज्यानको उनलाई उत्तिकै चिन्ता छ । आफ्नो भन्दा त्यही ज्यानको मायाले उनलाई आधा ५० केजीको भारी बोक्ने बाध्यतापूर्ण आँट दिएको थियो ।
पसलका लागि ज्यालामा साहुको ५० किलोको चामल बोकेर तमोर नदीपार गर्नुअघि सुस्ताइरहेकी सात महिनाकी गर्भवती भारापा गाविस-९ की ३२ वर्षीया कमला मा´ीले भनिन् ुदुई जीउको होस् या एक जीउको बाह्रैमास हामी मा´ी महिलाले यसरी नै बाँच्नुपर्छ ।ु उनीसँगै उनीजस्तै भारी बोकिरहेकी २० वर्षीया सरिता मा´ीले थपिन् ुम नसक्ने छु भन्दै बसियो भने त हातमुख नै जोडिदैन । त्यसैले दुई जीउको बेला पनि हामीले सक्ने र नसक्ने सबै काम नगरी धरै छैन ।ु दुई पैसा बचत गर्ने भन्दा प्राण बचाउने ध्याउन्नमा ज्यानैलाई जोखीममा पारेर गर्भवती मा´ी महिला कठोर शारिरीक श्रम गर्न बाध्य छन् ।

गर्भावस्थामा महिलाको स्वास्थ्य एकदमै संवेदनशील हुन्छ । त्यसैले गर्भवती महिलाले आफ्नो स्वास्थ्यको बढी ख्याल गर्नुपर्ने चिकित्सकहरु बताउँछन् । यही मान्यताअनुसार आजभोलि प्रायःगर्भवती महिलाहरु स्वास्थ्य संस्था गएर नियमित जाँच गराउँछन् । स्वास्थ्यकर्मीका सरसल्लाहअनुसार नियमित औषधि र पोषिलो खुराक लिन्छन् । बढी गह्रौ सामान बोक्ने र कठिन परिश्रम गर्दैनन् । गर्भवती महिलाहरुलाई लक्षित गरेर नेपाल सरकार तथा विभिन्न दातृनिकायले यस क्षेत्रमा सुरक्षित मातृत्वसम्बन्धी
कार्यक्रमहरु साचालन गरिरहेका छन् । तर पनि तमोर किनाराका म´ीटारका महिलाहरुलाई यी कुनै कार्यक्रमले छोएको छैन ।
पाँचथर सदरमुकाम फिदिमसँगै जोडिएको गाविस भारापा-९ तमोर किनारका मा´ीटारका महिलाहरुलाई पोषणयुक्त खान्की त परैजाओस् दुई छाक खस्रो खान पनि धौ-धौ छ । घरायसी काममा घोटिनु साहुका खेतबारीमा कुटो कोदालो गर्नु भारी बोक्ने गर्नाले बाध्यताले गर्भवती मा´ी महिलाको स्वस्थ्यमा नोक्सान पुर् याउने गरेको नागरिक सचेतना केन्द्र मा´ीटारकी मोमीता मा´ी बताउछिन् । उनका अनुसार गर्भवती भएका बेला कडाकाममा खट्ने मा´ी महिलाहरुको पाठेघर खस्ने रोगी भएर अकालमै मृत्यु हुने गर्भपात हुने जस्ता समस्या भोग्ने गरेका छन् । गर्भवती अवस्थामा भारी बोक्नु अत्यन्तै जोखिमपूर्ण मात्र नभएर ज्यानै जान सक्ने जिल्ला अस्पताल पाँचथरका स्त्री रोग विशेषज्ञ पवनजंङ रायमा´ीले बताए ।

0 प्रतिकृया:

Post a Comment