बेला नभई फुल्यो लालीगुराँस

ताप्लेजुङ/ साधारणतया चैत-वैशाखमा फुल्ने लालीगुराँस माघ अन्तिमा नै फुलेपछि पर्यटन व्यवसायीहरु चिन्तित भएका छन् । ताप्लेजुङका पर्यटकीय क्षेत्रमा यो वर्ष माघ अन्तिममा नै ढकमक्क फुलेपछि पर्यटक व्यवसायी भने चिसन्तत भएका हुन् ।
जिल्लाको पाथीभरा क्षेत्रलगायत पर्यटकीयस्थल काचनजङ्घा संरक्षण क्षेत्रमा बेमौसममा नै यसरी लालीगुँरास फुलेपछि र पर्यटक आउने मौसममा गुराँस सकिने र सुक्ने डरले पर्यटक व्यवसायी चिन्तित बनेका हुन् । दुई महिनाअघि नै फाट्टफुट्ट फुलेको गुराँस माघ सकिँदै प्रायः पूरै फुलेको सुकेटार निवासी स्थानीय दावा शेर्पाले बताए ।
शेर्पाका अनुसार चैत-वैशाखमा लालीगुराँस हेर्न र योसँग रमाउन धेरै आन्तरिक र बाह्य पर्यटक आउने गरेको तर यो साल दुई महिनाअघि नै फुलेको र पछि सकिने पो हो कि भन्ने डर स्थानीय तथा व्यवसायीलाई भएको छ ।

वन क्षेत्रमा कि्रयाशील सङ्घसंस्था भने जलवायु परिवर्तनको कारण गुराँस साबिकभन्दा अघि नै फुलेको दाबी गर्दछन् । जिल्लाका अधिकांश जङ्गल लालीगुँरासले मनमोहक बनेका छन् । फोटो पनि छ ।

0 प्रतिकृया:

Post a Comment