दुर्घटनाका घाइते १८ दिनसम्म अचेत

सरोज बस्नेत
उर्लाबारी/गत माघ २८ गते साँझ साढे आठ बजे पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारीस्थित सगुन होटल नजिकै सडक दुर्घटनामा परेका उर्लाबारी–४ का २४ बर्षीय सुरज वस्ती १८ दिनसम्म अचेत छन् ।
घरबाट चौकतर्फ गइरहेका वस्तीलाई नचिनेको भेनले ठक्कर दिएको थियो । भेनको ठक्करबाटसंगै पैदलयात्रा गरिरहेका उनका ज्वाई रुपचन्द्र दाहाल पनि सामान्य घाइते भएका थिए । रुपचन्द्रको भने उपचार भइ सकेको छ ।
जीपको ठक्करबाट गम्भिर घाइते भएपछि तत्काल नै विराटनगर स्थित न्युरो अस्पतालमा उपचारका लागि भर्ना गरिएका वस्तीको  अझै होस खुलेको छैन । वस्तीकी दिदी चन्द्राका अनुसार अचेत अवस्थामा रहेका कारण भाइलाई पाइपको प्रयोग गरेर तरल पदार्थ जुसहरु खुवाउने गरिएको छ । न्युरो अस्पतालमा नौ दिनसम्म आइसियुमा राखेर उपचार गरिएका उनको अहिले सोही अस्पतालको पोष्टवमा राखेर उपचार भइ रहेको छ ।
बिरामी स्वास्थ्यमा सामान्य सुधार आएका कारण पोष्टवमा राखेर उपचार सुरु गरिएको न्युरो अस्पतालका प्रशासन प्रमुख विपुल श्रेष्ठले बताए । आँखा समेत हेर्न नसक्ने घाइतेले सामान्य रुपमा आँखा हेर्न सक्ने भएका कारण पोष्टवमा राखेर उपचार सुरु गरिएको उनले जानकारी दिए ।
उपचारमा संलग्न न्युरो अस्पतालका चिकित्सक डाक्टर यामबहादुर रोकाले घाइते वस्तीको टाउकोको भित्री भागमा रगत जमेका कारण शल्यकृया गर्न नसकिएको बताए । वस्तीका ज्वाई रुपचन्द्र दाहालले भने घरको
आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समेत समस्या भइरहेको छ । दैनिक २० हजार बढी उपचारमा खर्च गर्नु र हालसम्म ५ लाख रुपैयाँ ऋणपान गरेर उपचार गरिएको परिवारले जनाएको छ ।
पैदल यात्रुलाई ठक्कर दिने सवारीलाई खोज्न प्रहरीले चासो नदिएको घाइतेका बुवा रामप्रसादले बताए । मोरङ प्रहरी प्रमुख एसपी प्रद्युम्न कार्कीले ठक्कर दिने सवारी साधन खोज्न प्रहरी लागि परिरहेको बताए । उनले सवारी साधन खोज्नका लागि इलाका प्रहरी कार्यालय उर्लाबारीलाई निर्देशन दिइ सकिएको जानकारी दिए ।

0 प्रतिकृया:

Post a Comment