अन्तरकलेज फुटबल हुने

दमक/अखिल क्रान्तिकारीले तत्कालिन जिल्ला अध्यक्ष रमेश सुवेदी र उपाध्यक्ष विष्णु प्रधानको स्मृतिमा अन्तरकलेज फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।
यहि फागुन १९ गतेदेखि दमकस्थित दमक बहुमुखी क्याम्पसको प्राङ्गणमा हुने प्रतियोगितामा झापा र मोरङका डेढ दर्जन टिमहरुले भाग लिने जनाइएको छ ।  क्रान्तिकारीको दमक क्याम्पस इकाई समितिले मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिता बारे जानकारी दिएको हो ।
प्रतियोगिताको उद्घाटन संगठनका महासचिव बिन्दमान बिष्टले गर्ने कार्यक्रम तय भएको इकाई समिति अध्यक्ष ज्योति भट्टराईले जानकारी दिए ।  प्रतियोगिताको बिजेता र उपबिजेता टिमले क्रमश नगद १५ हजार र १० हजार रुपैयाँ तथा प्रमाणपत्र पाउने जनाइएको छ ।
संगठनका जिल्ला अध्यक्ष महेन्द्र भट्टराईले तत्कालिन शाही सेनाद्वारा हत्या गरिएका नेताद्वय सुवेदी र प्रधानको स्मृतिमा विभिन्न कार्यक्रम गरिदै आएको जानकारी दिए ।

0 प्रतिकृया:

Post a Comment