‘माओवादी इमान्दार भएन ’

दमक/नेकपा एमालेका नेता केपी शर्मा ओलीले सत्तारुढ एकीकृत नेकपा माओवादी शान्ति प्रक्रिया र संविधान लेखन प्रति इमान्दार नभएको बताएका छन् ।  झापाको दमकमा मंगलबार बिहान पत्रकारहरुसंग कुराकानी गर्दै नेता ओलीले शान्ति प्रक्रिया र संविधान लेखन कार्यलाई निष्कर्षमा पुग्न नदिने षड्यन्त्र स्वरुप माओवादीले जनविद्रोहको धम्की दिएको दावी गरे ।

उनले एकीकृत माओवादीले चाहेर पनि अब जनविद्रोह गर्न नसक्ने बताए ।  उनले अब पुनः जनविद्रोह गरे जनताबाट बढारिने डरले माओवादीले चाहेर पनि जनविद्रोह गर्न नसक्ने बताए । नेता ओलीले वर्तमान सरकार शान्ति सुरक्षा प्रदान गर्नमा पनि असफल सावित भएको बताए ।


0 प्रतिकृया:

Post a Comment