शारदाको स्वर्ण महोत्सव


उर्लाबारी/पूर्वाञ्चल क्षेत्रीय शिक्षा निर्देशक सुन्दरकुमार शाक्यले अभिभावकको सहभागिता बिना शिक्षाको गुणस्तर सुधार गर्न नसकिने बताए ।
मोरङको मधुमल्ला ७ स्थित शारदा माविको ५० औँ वर्ष पुगेको अवसरमा आज  आयोजित स्वर्ण महोत्सवको समापन कार्यक्रममा उनले सो कुरा बताए ।सोही कार्यक्रममा मोरङका जिल्ला शिक्षा अधिकारी योगेन्द्रप्रसाद बरालले शिक्षकहरुले अनुसासित भई शिकेका शिपहरुलाई ब्यवहारिक रुपमा अध्ययन गराए परिणाम राम्रो आउने बताए ।
https://mail-attachment.googleusercontent.com/attachment/?ui=2&ik=b538dbfaeb&view=att&th=135bedefae2e0447&attid=0.1&disp=inline&safe=1&zw&saduie=AG9B_P_REePpdPefE9gLPkZemq0W&sadet=1330483079464&sads=YawBHG4awHDf3k-YBF4MeAs1UtM&sadssc=1 सरकारी विद्यालयका शिक्षकहरु विभिन्न तालिमद्धारा प्रशिक्षित भएपनि त्यसको व्यवहारिक सदुपयोग नगरेकोले शैक्षिक क्षेत्रको उन्नती हुन नसकेको बताए । सो कार्यक्रममा सुनसरीका जिल्ला शिक्षा अधिकारी दिब्यराज कट्टेल, एमालेका भेषराज काफ्ले, राप्रपाका सोमनाथ अधिकारी, काग्रेसका तिलविक्रम बोहोरा, एमाओवादीका गंगा भण्डारी, मधुमल्ला गाविस प्रमुख चन्द्रप्रसाद पराजुली लगायतले विद्यालयले यस क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए । सोही अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोमनाथ अधिकारी, सदस्य भूपालसिह गौतम, विद्यालयका शिक्षकहरु गोपाल भट्टराई, नरसिह पण्डित, अम्बिकाप्रसाद आचार्य, ऋषीकुमार नेपाल, निलबहादुर चौहान र मात्रिका भण्डारीलाई दोसल्लासहित सम्मान पत्रले सम्मान गरिएको थियो । यसैगरी उत्कृष्ठ विद्यार्थी रोशन नेपाली र सबित्रा धिमाल तथा अतिरिक्त क्रियाकलापतर्फ आशा धिमाललाई सम्मान गरिएको थियो । स्वर्ण महोत्सवमा विजयी विद्यालय तथा खेलाडीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो । कार्यक्रम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भोजराज फुयालको सभापतित्वमा भएको थियो ।

0 प्रतिकृया:

Post a Comment