सकियो अन्तर्राष्ट्रिय साहित्य महोत्सव

ईलाम/ इलाममा शुरु भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन ६ बुँदे  घोषणा पत्र जारी गर्दै सोमबार सकिएको छ । नेपाली रचनालाई अंग्रेजी लगायत अन्य भाषामा अनुवाद गरि प्रकाशन गर्ने, नेपाली भाषामा लेखिएका उत्कृष्ठ कृति र रचनाको छनोट र संकलन गर्ने लगायतका बुँदा घोषणा पत्रमा उल्लेख छ ।
अन्तर्राट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टर र अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन इलामको संयुक्त आयोजनामा भएको सो कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका साहित्यकारको जमघट छ । समग्र नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको भुमिका लगायतको विषयमा छलफल भएको थियो । नेपाली कृति र रचनाहरुलाई देश विदेशमा पु¥याउन विभिन्न पत्रपत्रिका, अनलाईन पत्रिका र वेभसाईटहरु प्रयोग गर्नेलगायत घोषणा पत्र जारी गरिएको छ ।
डा. समालोचक खगेन्द्र लुईटेलले प्रस्तुत गरेको कार्यपत्रमा वरिष्ठ साहित्यकार समालोचक तारानाथ शर्मा, राजेन्द्रप्रसाद सुवेदी, पुष्कर लोहनीले टिप्पणी गरेका थिए । साहित्य सम्मलेनको भोली करफोकमा विविध कार्यक्रमका साथ समापन गरिने आयोजक समितिका संयोजक युद्धप्रसाद वैद्यले जानकारी दिए ।

0 प्रतिकृया:

Post a Comment