अस्पतालको शेयर फिर्ता माग

लखनपुर/गाउँमा सञ्चालित अस्पताल अन्यत्र सारिएपछि झापाको लखनपुरका दर्जनौँ शेयर सदस्यहरुले शेयर रकम फिर्ताको माग गरेका छन् ।
अस्पताल व्यवथापन पक्षले अस्पतालको सेवा गौरादहमा स्थानान्तरण गर्ने कार्य अघि बढाएपछि लखनपुर–१ मंगलबारेमा अवस्थित जनमुखी स्वास्थ्य केन्द्र अस्पतालका सय बढी शेयर सदस्यहरुले रकम फिर्ताको माग गरेका हुन् । सामाजिक पर्यावरण सुधार केन्द्रले १० दिन अघि सहकारीका मार्फत् अस्पताल संचालनमा ल्याएका थिए ।
अस्पताल स्रोतका अनुसार केन्द्र र व्यवस्थापन समिति बीच अस्पतालको पक्षमा विवाद बढेपछि अस्पताल व्यवस्थापनमा समस्या आएको थियो । अस्पताल सञ्चालनमा घाटा जान थालेपछि व्यवस्थापनमा समस्या आएको भन्दै महिना दिन अघि सो अस्पतालका सम्पूर्ण सेवा बन्द गरिएको थियो । सो समस्या हटाउन केन्द्रलाई नै जिम्मेवारी दिएको र अस्पताल गौरादहमा लैजाने सहमति भएको बताइएको छ । सहमति अनुसार गौरादहमा अस्पताल लैजान पूर्व इच्छुक शेयर धनीहरुको शेयर रकम फिर्ता दिने उल्लेख छ ।
गठित मूल्यांकन समितिका संयोजक विवेक मिश्रका अनुसार शेयर फिर्ता लिन चाहनेलाई केन्द्रले रकम दिने कार्य भइरहेको बताए । उनले भने–‘अस्पतालमा शेयर फिर्ता लिनेको संख्या बढेर गएको छ ।’ अस्पतालमा लखनपुर, तोपगाछी, दमक, गौरादह लगायतका २ सय ८३ बढीले शेयर लिएका थिए । ति मध्ये पहिलो चरणमा ६३ जनाले जनही न्यूनतम ५ हजार रुपैयाँ शेयर रकम बुझेका छन् । सोमबारसम्म थप ६० बढीले शेयर फिर्ता दिलाउन माग गरेका संयोजक मिश्र बताउँछन् ।
अस्पतालमा शेयर खरिद गरेका अधिकांश शेयर सदस्यहरुले अस्पताल अन्यत्र लैजाने भएका कारणले आफूहरुले बुझाएको रकम असुल हुनुपर्ने भन्दै अस्पतालका एउटा प्राविधिक कक्षमा तालाबन्दी समेत गरेका थिए । अस्पताल संचालनमा जिम्मेवारी दिइएका सो संस्थाका अध्यक्ष राधा आचार्यले सोमबार अस्पताल परिसरमा शेयर फिर्ता लिनेहरुलाई चेक दिने काम गरेका थिए । ‘अस्पताल नचल्ने भएपछि यसलाई अन्यत्र सार्ने कार्य भएको हो’ अध्यक्ष आचार्यले भने–‘फिर्ता लिनेलाई रकम दिने प्रयासमा छौँ ।’

0 प्रतिकृया:

Post a Comment