६ लाखको प्लाष्टिक बरामद

विराटनगर/नेपालबाट भारततर्फ अवैधरूपमा लैजान लागिएको पाँच लाख मूल्य बराबरको प्रिन्टेड प्लास्टिकसहित एउटा ट्याक्टर सशस्त्र प्रहरीले मोरङको मझारेबाट बरामद गरेको छ ।
सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय रानी मोरङका उपरीक्षक राघवसिंह थापाका अनुसार सोलो चक्लेट, हाजमोला, बिस्कुट, सर्फ र साबुन लगायत विभिन्न कम्पनीलाई तयार पारिएको एक ट्रयाक्टर प्रिन्टेड प्लास्टिक बरामद गरिएको छ ।
मोरङको नोचामा रहेको सशस्त्र प्रहरी
बेस क्याम्पबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा मझारेबाट बरामद गरेको सो प्लास्टिक मंगलबार नै विराटनगर भन्सार कार्यालयमा बुझाएको छ । लक्ष्मीनियाको बाटोहुँदै भारततर्फ जाँदै गरेको को१त ५७७९ नम्बरको ट्रयाक्टर समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

0 प्रतिकृया:

Post a Comment