हेप्पी नेपालको ‘डे केयर’

दमक/दमकको बेलडाँगीमा ‘डे केयर’ सञ्चालन गरिएको छ । हेप्पी नेपालले भुटानी शरणार्थी शिविर क्षेत्रमा पूर्व लागु औषध प्रयोगकर्ताहरुका लागि त्यस्तो डे केयरको सुविधा उपलब्ध गराइएको शरणार्थीका लागि लागुऔषध विरुद्धको हेरचाह तथा सचेतना कार्यक्रम
(स्पाशा) का परियोजना संयोजक विमल आचार्यले जानकारी दिए ।
दातृ संस्था युएनएचसीआरको सहयोगमा हेप्पी नेपालको सो परियोजनाले शिविरका लागुऔषध प्रयोगकर्ताहरुको लागि विभिन्न कार्यक्रमहरु गर्दै आएका छन् । परियोजनाले करिब २ वर्षको अवधिमा डेढ सय बढीलाई उपचार तथा हेरचाह कार्य गरेको संयोजक आचार्य बताउँछन् ।
बेलडाँगी शिविरमा अल्कोहल सहितका करिब ७ सय भन्दा बढी लागुऔषध प्रयोगकर्ता रहेका हेप्पी नेपालको एक तथ्यांकमा उपलब्ध छ ।
यसैबीच मंगलबार सो शिविरको २ र ३ का  विभिन्न क्षेत्रहरुमा सचेतनामूलक सरसफाई कार्यक्रम गरिएका छन् । हेप्पी नेपाल अन्तर्गत परियोजनाले आयोजना गरेको सो सरसफाईमा सशस्त्र शिविरवासी दातृ संस्था लगायतका अभियानकर्ता सहभागी भएका थिए ।

0 प्रतिकृया:

Post a Comment