"सरकारका कारण राष्ट्रियता खतरामा" - उपमुख्य समाचार

जुरोपानी/ नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले अहिलेको सरकारका कारण राष्ट्रियता संकटमा परेको बताएका छन् ।
सरकारका मन्त्रीहरुलेनै राष्ट्रियता बिरोधी अभिव्यक्ति दिई रहेको र प्रधानमन्त्रीलेनैं त्यसको संरक्षण गरि रहेको उनको भनाई छ । झापाको जुरोपानी-३ स्थित प्रगती उच्चमाविको स्वर्ण महोत्सव समापन समारोहमा आज उनले जातिय अधिकारका नाममा साम्प्रदायिकता सद्भाव भड्काउन चाहनेहरु कि्रयाशिल रहको बताए । पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता ओलीले अब्यबहारीक शिक्षा प्रणालीका कारण शैक्षिक बेरोजगारी बढि रहेको बताए ।
शान्ति प्रकृयामा माओवादीकै कारण गतिरोध भएको उल्लेख गर्दै सवै दललाई एउटै टोकरीमा राखेर हेर्न नहुने जनाउँदै उनल्ो अहिलेको सरकारबाट शान्ति प्रकृया तथा संविधान लेखन प्रति अनुकुलताको अपेक्षा गर्न नसकिने बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णुबहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयलाई महत्वपूर्ण योगदान पुर् याउने बिभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा पूर्व समान्य प्रशासन मन्त्री तथा एमाले नेता युवराज कार्की र जिल्ला शिक्षा कार्यालयका उद्वव विष्टले शिक्षा क्षेत्रलेनै समाजको अगुवाई गर्न सक्ने भएकाले असमान शिक्षा प्रणाली खारेज गरिनु पर्ने बताए । कार्यक्रममा झापा क्षेत्र नम्बर-६ का सभाषद् दिपक कार्कीको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा विल्सनबिक्रम राईुतोक्मे बुढाु ले बिभिन्न प्रहसन प्रस्तुत गरेका थिए भने गायक तथा संगीतकार टीका भण्डारीले बिभिन्न गीत तथा प्यारोडी सुनाएर मनोराजन गराएका थिए । कार्यक्रममा नेता ओली पूर्व मन्त्री कार्की सभाषद कार्की कलाकारद्वय भण्डारी र राई तथा झापाका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्मा जिल्ला शिक्षा कार्यालय झापाका उपसचिव उद्धव विष्ट शैक्षिक तालिम केन्द्र भद्रपुरका युवराज पाण्डे लगायतलाई ढाका टोपी ओढाएर सम्मान गरिएको थियो । ओलीले विद्यालयले प्रकासन गरेको स्मारीकाको बिमोचन समेत गरे ।

0 प्रतिकृया:

Post a Comment