ढुवागढीमा जागनी महोत्सव

चन्द्रगढी/ झापाको चन्द्रगढी-३ स्थित दुवागढीमा श्रीकृष्ण प्रणामी धर्म जागनी महोत्सव २०६८ साचालन हुने भएको छ ।
आईतबार पत्रकार सम्मेलन गरी आयोजक संस्थाले महोत्सवबारे जानकारी दिएको हो । महोत्सव आउँदो १२ देखि १८ गते सम्म साचालन हुने आयोजक संस्थाका महासचिव शान्तिप्रसाद सापकोटाले जानकारी दिए । श्रीकृष्ण प्रणामी मन्दिरको ५० औं स्थापनाका अवसरमा आयोजना हुने सो महोत्सवको उद्घाटन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले गर्ने भएका छन् । सो अवसरमा अन्तर्राष्ट्रिय स्वरुपको धर्म सम्मेलन तथा धर्म संगोष्ठि हुने बताइएको छ ।

0 प्रतिकृया:

Post a Comment