कोषको सहयोगमा सडक ग्राभेल

लखनपुर/ सांसद विकास कोषको सहयोगमा लखनपुर-१ सावित्रा चौकको सुकुम्बासी बस्तीमा सडक ग्राभेल कार्य सम्पन्न भएको छ ।
आईतबार सडक निरिक्षण गर्न त्यहाँ पुगेका झापा क्षेत्र नं।७ का सभाषद् वीश्वदीप लिङ्देनले २२ घर सुकुम्बासी बस्तीका स्थानीयलाई चाँडै जग्गाको मालिक बनाउने बनाए । लिङ्देनको कोषबाट प्राप्त १० हजार र स्थानीय उपभोक्ता समिति मार्फत ३० हजार रुपैयाँ र श्रमदानमा सडक ग्राभेल कार्य सम्पन्न भएको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष दलबहादुर तामाङले बताए ।
कार्यक्रममा सभाषद् लिङ्देनका सांसद् प्रतिनिधि पारसमणि राई लगायतको उपस्थिति रहेको थियो ।

0 प्रतिकृया:

Post a Comment