साधनाद्वारा सहकारी शिक्षा

दमक/ दमक-११ मा अवस्थित साधना वचत तथा ऋण सहकारी संस्थाले आइतबार सहकारी शिक्षा सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
संस्था आवद्ध शेयर सदस्यहरुको सहभागिता रहेको सो प्रशिक्षणमा डिभीजन सहकारीका प्रमुख नेत्रप्रसाद घिमीरे लगायतले सहकारी शिक्षाका महत्वका बारे चर्चा गरेका थिए ।
महिना दिन अघि गठित सो संस्था साचालनमा आएको हो । ३३ जना शेयर सदस्य रहेको गठित संस्थाका अध्यक्षमा देवीप्रसाद गुरागाई उपाध्यक्षमा हरि थापा सचिवमा विरेन्द्रकुमार पौडेल सह-सचिवमा केदार तिम्सीना र कोषाध्यक्षमा गायत्री पौडेल रहेकी छिन् ।

0 प्रतिकृया:

Post a Comment