कल्याणकारी पर्व महाशिवरात्री - दोस्रो लेख

जगन्नाथ ढकाल
हिन्दु धर्मका विभिन्न शास्त्र तथा पुराण्ँहरुमा उल्लेख भए अनुसार एक वÈ्रमा पर्ने चार विशेÈ रात्रीमा महाशिवरात्री पनि एक हो । अन्य तीन विशेÈ रात्रीमा श्रीकृष्ण्ँ जन्माष्टमीको रात्रीलाई मोहरात्री भनिन्छ । आश्विन शुक्ल पÔको अष्टमीको रात्रीलाई कालरात्री भनिन्छ भने कात्तिक कृष्ण्ँपÔमा पर्ने लक्ष्मीपूजाको रात्रीलाई सुखरात्री भनिन्छ । महाशिवरात्रीलाई भगवान् शिवको पूजा आराधना गरी विशेÈ पर्वको रुपमा मनाउने गरिन्छ ।
नेपालमा महाशिवरात्री पर्वमा सार्वजनिक बिदा दिने परम्परा रहिआएको छ । यस दिन राष्ट्रप्रमुख आराध्यदेव भगवान् पशुपतिनाथको दर्शन गर्न आउने ऐतिहासिक परम्परा छ । नेपाल राष्ट्रलाई आÏनो स्थापना कालदेखि नै रÔा गर्दै आएको नेपाली सेनाको स्थापना दिवस पनि यही महाशिवरात्रीका दिनमा पर्दछ ।
भगवान् शिवले लोककल्याण्ँका लागि निराकार अवस्थाबाट ज्योतिर्लिङ्गको रुपमा प्रकट हुनुभएको पवित्र रात भएकोले यस पर्वलाई महाशिवरात्री भनिएको हो । शिव भगवानको पूजा आराधना गर्दा शिवको शारीरिक सौन्दर्य तथा धार्मिक महŒवको सम्बन्धमा पनि जानकारी हुनु आवश्यक हुन्छ । यस सम्बन्धमा वास्तविक ज्ञान भएमा भक्तजनहरुलाई पूजा आराधना गर्न सजिलो हुने धार्मिक मान्यता रहिआएको पाइन्छ ।
हिन्दु धार्मिक ग्रन्थ शिवपुराण्ँमा उल्लेख भए अनुसार भगवान् शिव नेपालको उत्तरीभागमा अवस्थित हिमालय पर्वतमा निवास गर्ने समस्त देवहरुका पनि देव महादेव सारा चराचर जगतका कल्याण्ँदाता मुक्तिकर्ता तीन आँखा भएका हातमा त्रिशूल तथा डमरु धारण्ँ गरेका लामो जटा भएका शरीरमा खरानी घस्ने रुद्राÔ तथा सर्पको माला लगाउने आकाशको जस्तो नीलो वण्र्ँ भएका कोटी सूर्यसमान तेज ताप र प्रकाश भएका सती पार्वती उÈा गुह्येश्वरी जस्ता बहुनाम भएकी पतिव्रता स्त्रीका साथ रहने आदि विशेÈण्ँ रहेका छन् ।
भगवान् शिवको पूजा आराधना गर्ने सम्बन्धमा विशेÈ ध्यान दिनुपर्ने कुरा विभिन्न शास्त्रमा उल्लेख गरिएको पाइन्छ । तीनवटा पात भएको बेलपत्र चढाउनु वा अर्पण्ँ गर्नु भगवान् शिवका लागि अति उत्तम मानिन्छ । जसको सम्बन्धमा संस्कृतमा एउटा श्लोक छ जुन बेलपत्र चढाउँदा भन्ने गरिन्छ । जस्तै ः-
त्रिपत्रं त्रिगुणुकारं त्रिनेत्र चः शिवपि्रयम् । ।
त्रिजन्मोत्थं हरेत्पापं बिल्लपत्रं शिवार्पण्ँम् । ।१ । ।
मानिसले जानेर वा नजानेर विगतमा गरेका खराब कार्य कर्म लाई धर्मशास्त्रले ूपापू भनेको छ । त्यस्ता पापहरु पनि नष्ट हुनेछन् भन्ने उल्लेख छ । धर्मशास्त्रमा शिव आराधना गर्दा शिवलाई सबैभन्दा मन पर्ने पि्रय वस्तु बेलपत्र नै हो भनिएको छ । प्रकृतिमा पाइने केही यस्ता बोट वृÔ छन् जसको विशेÈ धार्मिक महŒव रहेको पाइन्छ । जस्तै भगवान् विष्ण्ँुका लागि तुलसीपत्र पि्रय वस्तु मानिन्छ भने बेलपत्र आँकको फूल र धतुरो शिवलाई उपयुक्त मानिन्छ । सोही मान्यता अनुसार शिवरात्रीका दिन गङ्गास्नान गरी निराहार व्रत बसी जसले भगवान् शिवलाई जलधारा गराउँछ र त्रिकोण्ँयुक्त बेलपत्र चढाई पूजा आराधना गर्दछ उसको कल्याण्ँ हुन्छ भनिएको छ । यसका साथै मानिस आÏनो कर्तव्यपालन गर्नबाट पछि हट्न हुँदैन पनि भनिएको छ । त्यस्तै मानिसले आÏनो कर्तव्य पालनबाट कहिल्यै पछाडि हट्न हुँदैन कर्तव्यपालन गर्नु नै धर्म हो भन्ने कुरो पनि धर्मशास्त्रमै उल्लेख छ ।
हिजोआज समाजमा विभिन्न किसिमका आपराधिक गतिविधि गर्ने कानुन तथा राष्ट्रको नीति नियमबाट दण्डित हुने कार्य गर्दै जाने र त्यस्ता खराब कार्यको परिणुमबाट हुनसक्ने सजायबाट उन्मुक्ति तथा छुट्कारा पाउनका लागि भगवानको शरण्ँमा जाने प्रवृत्ति बढेको पाइन्छ । यस्ता खराब किसिमका कार्य गर्नेहरुलाई देशको नीति-नियम तथा कानुनले पनि छुट दिनुहुँदैन र भगवानको शरण्ँ परेर पनि उन्मुक्ति पाउन सक्दैन । भगवान्प्रतिको भक्तिभाव राख्नु भनेको हरेक व्यक्ति अनुशासनमा बस्नु हो । कानुनद्वारा बन्देज गरिएका र समाजलाई हित नहुने काम नगर्नु नै हो । आÏनो व्यक्तिगत स्वार्थ पूरा हुने आर्थिक लाभ हुने कार्य गर्दै जाने र सामाजिक मूल्य मान्यताको पालना नगर्ने हो भने भगवान् शिवको भक्ति गर्ने बेलपत्र चढाउने गण्ँेशजीलाई लड्डु चढाउने विष्ण्ँुलाई तुलसीपत्र चढाउने सूर्यलाई अर्घ चढाउने र मन्दिरमा गई भगवानसँग वर माग्ने गरेको भरमा मात्र पवित्र शुद्ध र धर्मात्मा हुन सकिँदैन भगवानको शरण्ँमा पुग्न सकिँदैन । व्यक्तिले संयमी अनुशासित सदाचारी र राज्यद्वारा निर्देशित कानुनी दायराभित्र रही असल नागरिक हुनसक्नु नै राष्ट्रदेव भगवान् शिवप्रतिको असल भक्तिभाव प्रकट गर्नु हो । सबै धर्मशास्त्रको मुख्य उद्देश्य भनेकै परोपकार गर्ने अरुलाई दुःख तथा पीडा हुने काम नगर्ने परिश्रमी बन्ने दुष्कर्म वा खराब कार्य गर्नेबाट आफूलाई रोक्नु हो । यसो गर्न सकिए मात्र सच्चा ईश्वर भक्त शिवभक्त र राष्ट्रभक्त हुन सकिनेछ ।
महाशिवरात्री जस्तो तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय धार्मिक महŒव बोकेको पर्वमा काठमाडौंकॊ पाशुपतÔेत्र लगायत देशभरका अन्य शिवालय तथा शिवका मठमन्दिरमा हुनसक्ने अवािाछत गतिविधि वा अश्लील कि्रयाकलापलाई रोक्न र निरुत्साहित गर्नेतर्फ पनि राज्य तथा नागरिक समाज लाग्नुपर्ने देखिन्छ । समाजमा महाशिवरात्री आउनुभन्दा अगाडिदेखि नै गाँजा भाङ् धतुरो लगायतका नशालु पदार्थ सेवन गर्ने शिवरात्रीमा धुनी बाल्न भनी पैसा माग्ने चन्दा उठाउने जस्ता कार्य पनि हुने गरेको पाइन्छ । यस्ता कि्रयाकलापले शिवरात्रीको धार्मिक सांस्कृतिक र ऐतिहासिक महŒवलाई घटाउने बाहेक केही गर्दैन । शिवरात्री भनेको विकृति हटाउने पर्व हो विकृति बढाउने पर्व होइन । त्यसैले यस किसिमका अवािाछत कि्रयाकलाप रोक्न सबैबाट उचित प्रयास हुनुपर्छ । सबै शिवभक्त श्रद्धालु भक्तजनले शिवको पूजा-आराधना गरी भक्तिभाव प्रकट गर्नसक्ने वातावरण्ँ तयार पार्न सकियो भने मात्र राष्ट्रदेव भगवान् महादेव शिवप्रति सच्चा भक्तिभाव व्यक्त गर्न सकिन्छ । महाशिवरात्रीको महŒव र गरिमालाई अÔुष्ण्ँ राख्न सकिन्छ ।

0 प्रतिकृया:

Post a Comment