सहकारीलाई उपेक्षा गरेको आरोप

उर्लाबारी/ राष्ट्रिय सहकारी बैकका अध्यक्ष रमेशप्रसाद पोखेरेलले सहकारी संस्थालाई सरकारले उपेक्षा गरेको आरोप लगाएका छन् ।
अन्तराष्ट्रिय सहकारी बर्ष २०१२ को अवसरमा आइतबार मोरङ राजघाटमा आयोजित कार्यक्रममा बोल्दै उनले सो आरोप लगाएका हुन् । अध्यक्ष पोखरेलले सहकारी जनताको आर्थिक स्तर उकास्ने केन्द्र बिन्दु भएपनि सरकारले सहकारी सम्वन्धी स्पष्ट निती नल्याएकै कारणले गर्दा आर्थिक क्रान्ति हुन नसकेको बताए ।
सोही अवसरमा सहकारीमा आवद्ध दुई ज्येष्ठ सदस्य माहाराजस्थान सहकारीकी पदममाया श्रेष्ठ र जलउपभोक्ता कृषि सहकारी राजघाटका लाल बहादुर पुरीलाई दोसल्ला र नगद सहित सम्मान गरिएको छ । राजघाटका १४ बटा सहकारीको संयुक्त आयोजनामा भएको कार्यक्रमको संचालन नब श्री बचत तथा ऋण सकारीका अध्यक्ष शिव निरौलाले गरेका थिए । कार्यक्रमको सभापतित्व ग्रामिण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खड्ग कुमार श्रेष्ठको सभापतित्वमा भएको हो ।
यसैबीच रक्तदान जिबन दान भन्ने नाराकासहकारी वर्ष २०१२ अबसरमा ग्रामिण बचत तथा सहकारी संस्थाले लिमिटेडले रक्तान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ४७ जनाले रक्तदान गरेको संस्थाका कर्मचारी नगेन्द्र घिमिरेले बताए ।

0 प्रतिकृया:

Post a Comment