प्रगतिशील प्राध्यापकहरुको सम्मेलन

२ जना सम्मानित
विर्तामोड/ नेपाल प्रगतिशील प्राध्यापक संगठनको मेची अाचल स्तरीय सम्मेलन आईतबार विर्तामोडमा सम्पन्न भएको छ ।
सम्मेलनले उमाकान्त ओलीको अध्यक्षतामा ११ सदस्यीय मेची अाचल स्तरीय क्षत्रीय समिति समेत चयन गरेको छ । समितिको उपाध्यक्षमा दीपक पौडेल सचिवमा मोहन शिवाकोटी कोषाध्यक्ष लत्ता पौडेल र सदस्यहरुमा लक्ष्मीप्रसाद रेग्मी वेचैन शाह हरि न्यौपाने भानु रेग्मी महेन्द्रप्रकाश गौतम अर्जुनप्रसाद दंगाल र कमलप्रसाद भट्टराई चयन भएका छन् । सो अवसरमा प्राध्यापक डा। कालुराम राई के।आर। खम्बु र उपप्राध्यापक भुवन आचार्यलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको छ ।
नेपाल प्रगतिशील प्राध्यापक संगठनका केन्द्रीय उपाध्यक्ष पितकुमार श्रेष्ठको प्रमुख आतिथ्य र संगठनका निवर्तमान अध्यक्ष चित्रबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेकपा मालेका पोलिटब्यूरो सदस्य खगेन्द्र प्रसाई नेकपा एमालेका झापा अध्यक्ष रविन कोइराला त्रिभुवन विश्व विद्यालय प्राध्यापक संगठनका केन्द्रीय सदस्य टीका प्याकुरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको साचालन लिलाप्रसाद अधिकारीले गरेका थिए । सम्मेलनमा झापा इलाम पाँचथर र ताप्लेजुङका १ सय ५० जना प्राध्यापकहरुले भाग लिएका थिए ।

0 प्रतिकृया:

Post a Comment