ग्याँस बिक्रेताको अधिवेशन तय

दमक/ ग्याँस बिक्रेता महासंघ झापाको दोस्रो जिल्ला अधिवेशन आगामी फागुन १५ गते विर्तामोडमा हुने भएको छ ।
महासंघले आइतबार दमकमा पत्रकार सम्मेलन गरी सो अधिवेशनमा २ सय भन्दा बढी व्यवसायीहरुले भाग लिने समेत जानकारी गराएको छ । पत्रकार सम्मेलनमा महासंघका जिल्ला सदस्य टेकबहादुर थापाले अधिवेशनको महासंघका केन्द्रीय अध्यक्ष किशोर केसीले उद्घाटन गर्ने जानकारी दिए पत्रकार सम्मेलनमा वितरीत प्रेस विज्ञप्तीमा महासंघ पेशागत हकहीत र उपभोक्ता अधिकारका लागि कि्रयाशील रहेको उल्लेख छ । महासंघले झापामा अझै ग्याँसको आपूर्ति सहज नभएको कारण समस्या व्यहोर्नु परीरहेको समेत जनाएको छ । महासंघका माई पश्चिम झापा क्षेत्रीय समितिका सचिव महेन्द्र खड्काले झापामा मात्रै दैनिक २ हजार वटा सिलिन्डर ग्याँसको माग रहेपनि २५ प्रतिशत समेत माग पूरा हुन नसकीरहेको जनाए । महासंघका केन्द्रीय पार्षद राजु न्यौपानेले नेपालमा दैनिक ग्याँसका सहज आपूर्तिका लागि २२ हजार मेट्रीकटन ग्याँस आवश्यक भएपनि ७ हजार मेट्रीकटन मात्र मुश्किलले उपलब्ध भइरहेको जनाए ।
पत्रकार सम्मेलनमा महासंघका क्षेत्रीय अध्यक्ष गंगाप्रसाद सिटौला केन्द्रीय पार्षद गणेश रिजाल राजेश अधिकारी ग्याँस व्यवसायीहरु पारसमणी आचार्य सिाजत रौनीयार लगायतले ग्याँसको सहज आपूर्तिका लागि सरकारसँग माग गरे ।

0 प्रतिकृया:

Post a Comment