महोत्सवमा साढे ४ लाख बचत

दमक/ दमकमा हालै सम्पन्न आदिवासी जनजाती सांस्कृतिक महोत्सवबाट आयोजक आदिवासी जनजाति महासंघ दमक नगर समन्वय परिषद्ले ४ लाख ५१ हजार रुपैयाँ बचत गरेको छ । माघ १४ गतेदेखि २९ गतेसम्म साचालन भएको महोत्सवमा ४८ लाख ७ हजार ५ सय रुपैयाँ आय भई ४३ लाख ५६ हजार रुपैयाँ खर्च भएको जनाइएको छ ।
आयोजक समितिले आईतबार पत्रकार सम्मेलन गरी सो को जानकारी दिएको हो । पत्रकार सम्मेलनमा महासंघका नगर अध्यक्ष मोहन धिमालले आगामी दिनमा महोत्सव आयोजना गर्नका लागि महत्वपूर्ण पाठ यो महोत्सवले सिकाएको बताए । उनले महोत्सव आदिवासी जनजातिहरुको संस्कृतिको पहिचान संरक्षण र संवद्र्धनका लागि साथै आन्तरीक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सावित भएको समेत उल्लेख गरे ।
पत्रकार सम्मेलनमा वितरीत प्रगति प्रतिवेदनमा १ लाख ५० हजार वाह्य र आन्तरीक पर्यटकहरुले महोत्सव र यस क्षेत्रका पर्यटकीय स्थलहरुको अवलोकन गरेको पनि उल्लेख छ । पत्रकार सम्मेलनमा महासंघका पदाधिकारी एवम् विभिन्न उप-समितिका संयोजक तथा जातीय संस्थाका अगुवाहरु सहभागी थिए ।

0 प्रतिकृया:

Post a Comment